काठमाडौं,२७ भदौ । दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान दिल्लीमै आकस्मिक अवतरण गरिएको छ ।
१६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएको थियो ।
उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो ।
विमानमा समस्या आउने वित्तिकै पाइलटले दिल्ली एयर ट्रफिक कन्ट्राेलमा जानकारी गराएका थिए । त्यसपछि विमानलाई फर्काएर इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको रन वे २८ मा अवतरण गराइएको थियो ।
विमानको पखेटा नखुलेपछि विमानको अवतरण गरिएको थियो । अवतरण गर्ने क्रममा विमानको टायर पडि्कएको जनाइएको छ ।
विमानका चालक दल र सबै यात्रुहरु सकुशल रहेको अधिकारीहरुले जनाएका छन् ।