अध्यक्ष दोहो¥याउने सोचमा छैन, पार्टीको माथिल्लो तहमा जाने हो : अर्जुन कार्की

  बुद्धवीर बाहिङ
1.1k Shares

नेकपा एमाले सोलु काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलनले दुई वर्ष अघि निक्कै विवादकाबीच नेतृत्व चयन गरेको थियो । सम्मेलनका लागि दुई पटक आम भेला बोलाउनु प¥र्यो । पार्टीको गुट र उपगुटका कारण दुई पटक आम भेला बोलाई सम्मेलनबाट नेतृत्व चयन गर्नु परेको तीतो यथार्थ अझै पनि ताजै छ । एक पक्षीय नेताको समर्थन भयो भने अर्को पक्षको विरोध भयो । साना तिना मुद्धा मामिला भए, तर त्यसले नेतृत्व परिवर्तनमा केहि असर गरेन ।
त्यसको पहिलो सिकार भए सम्पर्क मञ्चका अध्यक्ष अर्जुन कार्की । तर पनि उनि कत्ति पनि बिचल्लीत नभई आफूले पाएको जिम्मेवारी कुशलपूर्वक निर्भाह गरिरहे । सोलुखुम्बु जिल्लाको कम्युनिष्ट इतिहासमा सम्पर्क मञ्चले ११ जनाको नेतृत्व हेरिसक्यो । ती मध्येमा पनि उत्कृष्ट र उपलब्धी मूलक काम गर्ने नेतृत्वको अग्रपंक्तिमा आफूलाई उभ्याएका छन् वर्तमान अध्यक्ष अर्जुन कार्कीले ।
अन्य अगाडिका १० जना अध्यक्षहरुको पालामा पनि निक्कै महत्वपूर्ण कामहरु भएका थिए, तर उपलब्धी मूलक भने नभएको नेताहरुको आरोप छ । पार्टीको जिल्ला र केन्द्रको बीचमा जुन रुपमा पुलको काम गर्नु पर्ने हो । त्यस्तो काम नभएको कतिपय एमालेका जिल्ला नेताहरुले सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आएका थिए । तर अर्जुन कार्कीको कुशल कार्यशैली र कामप्रतिको सकारात्मक लगाबले आज त्यो दुरी घटेको छ ।
कार्कीकै पालमा विभिन्न विचार समूहमा राजनीति गरिरहेका जिल्लादेखि केन्द्रसम्मका चर्चित नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुले पनि उनको कार्यकाललाई थप सम्झना लायक र उपलब्धी मूलक समयको रुपमा व्याख्या गर्न सकिन्छ । यसैको सेरोफेरोमा रहेर सगरमाथा अनलाईनका प्रधानसम्पादक बुद्धवीर बाहिङले नेकपा एमाले सोलु काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अर्जुन कार्कीसँग गरेको कुराकानीको मुख्य अंश ।
तपाई सम्पर्क मञ्चको अध्यक्ष हुँदै गर्दा चुनौती र समस्यहरु थुप्रै थिए ? त्यसलाई कसरी समाधान गर्नु भयो ?
जुनसुकै काम गर्दा चुनौती त पक्कै पनि छ । म अध्यक्ष हुँद पनि चुनौती नभएको होइन । र आउने दिनमा पनि चुनौतीहरु अथाह पहाड नै छन् । भर्खरै हाम्रो पाटीले जिल्लामा स्थानीय तहको वडादेखि केन्द्रसम्म बाम गठबन्धनले जितेको छ । पार्टी एकिकरण हुदैछ । अब १२ औं सम्मेलन पनि हुँदै छ । अब आउने अध्यक्षहरुले पनि चुनौती र समस्याहरुको चाँङ त पक्कै गर्नु पर्ने छ । म नै भए पनि गर्नु पर्छ । तर म चाँही काम गर्न इच्छुक भएको कारणले गर्दाखेरी पार्टीमा जसले भएपनि एउटाले त काम गर्नु प¥र्यो नी त ? जस्तै ः अर्जुन कार्की भनेको त पात्र हो । सम्पर्क मञ्चलाई अगाडि बढाउने, सम्पर्क मञ्चलाई ट्रयाकमा राख्दाखेरी मात्र सम्पर्क मञ्चको भविष्य उज्जवल हुन्छ । सम्पर्क मञ्चको भविष्य उज्जवल हुनु भनेको हामी जस्तै काम गर्ने साथीहरु भोली चाँही जुनसुकै ठाउँमा आफ्नो मनमा लागेको कुराहरु भन्न सक्ने, साथीभाईहरुसँग सामूहिक छलफल हुने, त्यो पनि आफ्नो चाँही प्रतिभा देखाउने ठाउँ । अनि साथी भाईको जमघट गर्ने थलोको रुपमा पनि भएको कारणले गर्दाखेरी र विभिन्न खालका उठबस हुने कारणले गर्दा पनि यो चुनौतीलाई चाँही जस्तोसुकै परिस्थिति भएपनि स्वीकारर्नु पर्छ भनेर हामी निरन्तर लागि परिउ । व्यत्ति होइन समूहमा काम गर्ने प्रयास गरियो । त्यो सफल पनि भयो । जसले गर्दा हामीसामू भएको चुनौती र समस्या सुल्झाउन हामीलाई सजिलो भयो ।
तपाईकै कार्यकालमा नेकपा एमालेमा विभिन्न पार्टीबाट प्रवेश गर्ने लहर नै चलाउनु भयो ? यस्तो भूमिका कसरी खेल्नु भयो ?
हामीले के लुकाउनु हुँदैन भने हाम्रो पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा नेपालको इतिहासमा कसैले गर्न नसकेको काम गर्नुभयो । चाइनामा पारवहन सन्धी गर्नुभयो । जसले गर्दा आम जनताको आशा र भरोसा नेकपा एमाले बन्दै गएको थियो । त्यसे गर्दा पनि विभिन्न पार्टी परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्ने लहरै चलेको थियो ।
यो देश बनाउने चाँही नेकपा एमाले नै रहेछ र एमालेमा लाग्दा मात्रै हामी सबैको भविष्य उज्जवल हुने रहेछ । देशको विकास हुने रहेछ । समग्र विकासको लागि हामी यो पार्टीमा आबद्ध हुनु पर्छ भनेर अरु विचारका साथीहरु आबद्ध हुनु भएको हो । तर यत्ति भन्दा भन्दै पनि नेपाली कांग्रेसको २०४८ सालदेखिको यो २६ वर्षको अन्तरालमा गरेका ज्याजतिका विरुद्ध पनि ती साथीहरु गोलबन्द हुनु भएको हो । त्यसको साथ साथै विधी विधान, नीति नियम, सिद्धान्त पनि प्रष्ट छ । कुनै कुरा लुकाउने चलन पनि छैन । त्यसो गर्दा पनि उहाँहरुलाई नेकपा एमालेमा प्रवेश गर्नको लागि कन्भिन्स गर्न हामीलाई सजिलो भयो ।
हामीले राप्रपाको पूर्व जिल्ला अध्यक्ष दोर्जीशुशील शेर्पा एमालेमा प्रवेश गराउन सफल भयौं । त्यत्ति मात्र होइन नयाँ शक्ति नेपाल सोलुखुम्बुको संयोजक उत्तमकुमार बस्नेत, अहिले माननीय हुनुहुन्छ । फोरम लोकतान्त्रिकको केन्द्रीय महामन्त्री सोनामछिरिङ शेर्पा, आङदोर्जी शेर्पा लगायतका नेता र कार्यकर्ताहरु एकै पटक एमालेमा प्रवेश गर्नु भयो । जसले गर्दा प्रदेशसभा र प्रतिनिधी चुनाव जित्न हामीलाई निक्कै सहज भएको थियो ।

तपाई अध्यक्ष हुँदै गर्दा विवादकाबीच हुनुभयो ? किन दुई पटक सम्मेलन गर्नु प¥र्यो ?
वि.सं. २०७२ साल माघ २२ गते सुकेधारामा भएको ११ औं सम्मेलन गरेका थियौं । १० औं सम्मेलनले मलाई सचिवको जिम्मेवारी दिएको थियो । जुनबेला अध्यक्ष बालकुमार शर्मा हुनुहुन्थ्यो, पेशा र व्यवसायले गर्दा सोलुमा जानु भयो र मलाई कार्यबाहक छोड्नु भएको थियो । उपाध्यक्षले समेत पार्टी परिवर्तन गर्नुभयो । जुन परिस्थितिमा मैले सचिव र कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेको थिए । चिना कमरेड कोषाध्यक्ष हुनुहुन्थ्यो । हामी दुई जना र अरु केहि साथीहरु पनि हुनुहुन्थ्यो । ती साथीहरुसँग काम ग¥यौं ।
त्यो माघको २२ गते जुन सम्मेलन एकदम भव्यसाथ सम्पन्न हुँदै थियो । जुनबेला बुद्धि कमरेडले पनि भन्नु भयो, सोलु काठमाडौं सम्पर्क मञ्चकै इतिहासमा ११ औं सम्मेलनमा यत्ति धेरै भव्य मान्छे उपस्थित भएको पहिलो पटक देख्दै छु भनेर त्यहाँ मन्तव्यनै दिनु भएको थियो ।
आफू सचिवसँगै कार्यबाहक अध्यक्ष भएर सम्पर्क मञ्चमा काम गरिसकेको हुनाले सम्पर्क मञ्चको अध्यक्षको जिम्मेवारी कस्तो हुन्छ भनेर मैले अनुभव गरिसकेको थिए । त्यसमा म नै अध्यक्ष हुन पाउनु पर्छ भन्ने मेरो कुनै दावी थिएन् । तर नयाँ निर्वाचित हुँदै गरेको सोलु काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष लगायत कार्यसमितिको जिम्मेवारी र चुनौतीहरु पनि त्यत्तिकै मात्रामा थियो । स्थानीय तहको निर्वाचन, प्रदेशसभा र प्रतिनिधी सभाको निर्वाचनको साथै विभिन्न मोर्चामा अग्रपंत्तीमा काम गर्नु पर्छ । त्यत्ति मात्र होइन सोलुखुम्बुको इतिहासलाई रच्ने खालको सम्पर्क मञ्चको अध्यक्ष हुनु पर्छ, भन्ने नै मेरो चाहना थियो । त्यो चाहना भैसकेपछि पनि यदि सर्वसहमत अरु कसैको नाममा भए म किन सम्पर्क मञ्चको अध्यक्ष दावी गर्ने भनेर पहिलो सम्मेलन माघ २२ गते हुँद मैले कुनै पदको दावी गरिन । कृष्णगोपाल श्रेष्ठ र टिका कमरेड हुनुहुन्थ्यो । त्यो भेलाले उहाँहरुलाई सम्पर्क मञ्चको अध्यक्ष हुन दिएन । त्यसो भएको कारणले गर्दा पहिलो पटक भएको सम्मेलनमा म अध्यक्ष नभएको हो । त्यसलाई कतिपयले विवादको रुपमा लिए ।
दोस्रो पटक भएको ११ औं सम्मेलनले तपाईलाई विवादकाबीच पनि अध्यक्षको जिम्मेवारी दियो, गुटको आरोप लागेको थियो तर तपाईकै कार्यकालमा जिल्ला र केन्द्रको नेताहरुको दुरी घटाउन सफल हुनु भएको छ ? यसलाई कसरी लिनु भएको छ ?
११ औं सम्मेलनको पहिलो पटक भएको भेलाले कार्यसमिति निर्वाचन गर्न नसकेपछि हाम्रो अग्रज नेताहरु मैले जोड्नु नै पर्छ भुल्नु हुँदैन । जिल्ला कमिटिको अध्यक्ष लगायत अरु नेताहरु पनि त्यहाँ ठूलो भूमिका छ । जिल्ला अध्यक्ष, बच्चु कमरेड, थोमस कमरेड, अहिले अमेरिकामा हुनुहुन्छ । उहाँको पनि त्यत्तिकै भूमिका छ । टपेन्द्र कमरेडको पनि त्यत्तिकै भूमिका छ । र मैले बिर्सनै नहुने कुरा चाँही चीना कमरेडको पनि त्यत्तिकै ठूलो भूमिका छ । उहाँहरुको भूमिका साथ साथै सम्पर्क मञ्चमा मैले २०७० सालदेखि म सम्पर्क मञ्चमा आबद्ध भैसकेपछि त्यहाँ धेरै साथीहरु गोलबन्द गर्ने काम मैले गरेको थिए । उहाँहरुले के सहयोग गर्नु भयो भने होइन यो सम्पर्क मञ्च भनेको चाँही २०७० सालमा अर्जुन कार्की सचिव भएर आएता पनि यसपछि उसले गरेको कार्यबाहक अध्यक्षमा केहि कमिकमजोरी रहेपनि उसले सम्पूर्ण कामहरु स्पिडमा लगेको छ । त्यो स्पिड बढाउनको लागि पनि अर्जुन कार्कीले सम्पर्क मञ्चको अध्यक्षको दावी नगरेता पनि अब हामीले जिम्मेवारी दिनुपर्छ भनेर विभिन्न समुदायका साथीहरु लाग्नु भयो । र त्यो समुदायका साथीहरुले के भन्नुभयो भने अर्जुन कार्की हुन्छ भने हामी पनि सम्पर्क मञ्चभित्र बसेर काम गर्न तयार छौं । यदि अर्नुज कार्कीजीको स्पिडलाई बाइपास गरेर तलको साथीहरु आएर फेरी माथि जाने हो भने चाँही र माथीको साथीहरु जाने हो भने हामी तल आएर काम गर्दैनौं, त्यहाँ हामी आबद्ध हुँदैनौं, त्यो भएकाले अर्जुन कार्कीलाई जसरी पनि अध्यक्ष बनाउनु पर्छ भन्ने तिर लाग्नु भयो । अनि हामी एक दुई वटा छलफलका लागि बैठकहरु पनि जिल्ला कमिटिका साथीहरुसँग बस्यौं । सगरमाथा सम्पर्क समन्वय कमिटिको अध्यक्ष लगायत सचिवालयसँग बैठक बसियो । उहाँहरुको निष्कर्षमा फेरी अर्को फागुनको २३ गते बानेश्वरमा सम्मेलन फेरी तुरुन्तै गर्ने भन्ने भयो र त्यसपछि चाँही बच्चु र टपेन्द्र कमरेडले विशेषगरी उहाँहरुको अत्यन्तै ठूलो भूमिका छ । उहाँहरुले गर्दा सम्मेलनमा मलाई सर्वसम्मत नाम प्रस्ताव गर्नु भयो ।
म सर्वसम्मत अध्यक्ष हुँदै गर्दा कतिपय साथीहरुले एकतर्फि भयो भन्दै विरोध गर्नु भयो । असन्तुष्ट गर्नुभयो । रिर्पोटहरु गर्नु भयो । त्यसको बारेमा छलफल गर्नु केहि समय लाग्यो । जुनबेला काम गर्ने वातावरण कठिन बनेको थियो । कुनै गुटको नेताले राम्रो काम गरे बापत मेरो जिम्मेवारीलाई विश्वास गर्नुहुन्छ भने म त्यो गुटको हुन्न । साथीहरुले नबुझेको त्यही हो । गुटले होइन कामले सबैको मन जितेर देखाउनु पर्छ । त्यही मान्यताका साथ म निरन्तर अगाडि बढिरहे । पार्टीको विधान र नीति अनुसार कार्यक्रम गर्दै गयौं । त्यही भएर सफल भएका छौं ।
मैले बारम्बार भनिरहे अब हाम्रो पहिलो प्राथमिता भनेको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधी सभा निर्वाचनमा जसरी पनि सोलुखुम्बुमा चुनाव जित्नु पर्छ । यदि हामीले काम नगरी चुपो लागेको बस्ने हो भने सोलुखुम्बुमा प्रतिस्पर्धी राजनीतिक दलसँग कुनै पनि हालतमा जित्न सक्दैनौं भने । हामी हिजो सम्पर्क मञ्चमा आउँदै गर्दा कुनै गुट र उपगुटबाट निर्वाचित भए पनि हामीले काम गर्दा गुटको कहि पनि कुरा गरेनौं ।
अब तपाईको दुई वर्षे कार्यकाल पनि पूरा हुँदैछ ? चाँडै अधिवेशन हुँदैछ, फेरी अध्यक्ष दोहो¥याउने सोचमा हुनुहुन्छ की पार्टीको अर्को जिम्मेवारी सम्हाल्ने ?
मेरो दुई वर्षे कार्यकाल पनि सकिन लागेको छ । हामीले यही चैत्रभित्र नै अधिवेशन गर्नु पर्ने सर्कुलर आएको छ । म अध्यक्ष भएको जिम्मेवारीको हिसाबमा जति सक्दो चाँडो सम्मेलन गर्ने, समयमा सम्मेलन गरेर, अन्य जिल्लाको सम्पर्क मञ्चभन्दा अगाडि नै सम्मेलन गर्ने सोच छ ।
जहाँसम्म लाग्छ म पार्टीको एउटा सीपाही हो । भोली अब म भन्दा माथिल्लो कमिटिको कमरेडहरु हुनुहुन्छ । म सो सरहका साथीभाईहरु पनि हुनुहुन्छ । म भन्दा जुनीयर पनि हुनुहुन्छ । तर म सम्पर्क मञ्चको अध्यक्ष त एउटा पात्र मात्र हो । त्यसो भएको कारणले गर्दाखेरी यो कुरा चाँही भोली टिममा मैले जिम्मेवारी लिनु पर्छ भन्ने जिम्मेवारीबाट भाग्ने चाँही होइन, तर मेरो भित्रि आशय चाँही के हो भने म एकचोटी सम्पर्क मञ्चको अध्यक्ष भैसकेको मान्छे, म जस्तै आंकांक्ष भएका अरु पनि साथीहरु हुनुहुन्छ । त्यसमाथि पनि अहिले एउटा नेकपा एमालेका पुराना साथीहरु मात्रै हुनुहुन्न । हाम्रै कार्यकालमा प्रवेश गरेका थुप्रै साथीहरु अहिले हामीसँग हुनुहुन्छ । उहाँहरुलाई पनि जिम्मेवारी दिने समय आएको छ । त्यसैले ती साथीहरुको चाहना अनुसार पार्टीलाई अगाडि बढाउनको लागि पुस्तान्तरण गर्नु पर्छ भन्ने मान्यतामा छु । त्यसको साथै म चाँही पार्टीको माथिल्लो जिम्मेवारीमा गएर काम गर्ने सोच बनाएको छु ।
दुई वर्षे कार्यकालमा अधुरो रहेका केहि काम छन् ?
सम्पर्क मञ्च भनेकै काम गर्ने थलो हो । यसमा कामको त चाङ नै बसीरहेको हुन्छ । पार्टीको भातृ संगठन भएर काम त सधैभरी भइ नै रहन्छ । अर्को कुरा सम्पर्क मञ्च भनेको नर्सरी हो । यसमा जत्ति गोडमेल गरियो त्यत्ति राम्रो विरुवाहरु उत्पादन हुँदै जाने हो । त्यसकारणले गर्दा हामीले सम्पर्क मञ्च मार्फत गर्ने काम त कति छ कति ? तर इच्छाशत्ति चाँहि हुनु प¥यो । अब आउने नेतृत्व र कार्यसमितिलाई कम्तिमा त्यो खालको वातावरण हामीले बनाउनु पर्छ ।

अन्तमा सोलुखुम्बुका जनतालाई के भन्नुहुन्छ ?
नेकपा एमालेको एउटा सिपाही भएको हिसाबले अहिले जति पनि काम गर्न बाँकी छ, हामी सबैले सोलुको जनताको चाहना र भावना अनुसारको काम गर्नु पर्छ । हामी सबैले फुलाउने, फलाउने हो । हामीले जब सकारात्मक दृष्टिकोणले कुनै पनि काम अगाडि बढायौं भने सकारात्मकनै हुन्छ । सबैले सकारात्मक सोच र विचारका साथ अगाडि बढौं । म सम्पर्क मञ्चमा रहे पनि नरहेपनि सोलुखुम्बु जिल्लाकाबासीका लागि जिल्लाबाट निर्वाचित माननीयहरुलाई जनताको पक्षमा काम गर्नको लागि सुझाव र सल्लाह दिइरहने छु । हिजो पनि तपाईहरुकै साथमा थिए भोली पनि तपाईहरुकै साथमा रहने छु । कुनै न कुनै रुपमा सोलुखुम्बुको समग्र विकासको लागि आफूले सकेको सहयोग गरिनै रहने छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार