बाहिङ भाषा र सँस्कार संरक्षणको लागि जग्गा दिएको हो : भूपराज बाहिङ राई

  बुद्धवीर बाहिङ
455 Shares

ओखलढुंगा । बाहिङ किरात मुलुखिमका केन्द्रीय अध्यक्ष भूपराज बाहिङले बाहिङ समुदायको भाषा र सँस्कार संरक्षणको लागि जग्गा दिएको बताएका छन् । बाहिङ किरात मुलुखिम ओखलढुंगा र केन्द्रीय समितिको आयोजनामा ओखलढुंगामा भएको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै यस्तो बताएका हुन् ।

बाहिङ किरात मुलुखिम बाहिङ जातिको भाषा, धर्म, सँस्कार र सँस्कृतिको विकासको लागि स्थापना गरिएको समेत अध्यक्ष बाहिङले बताए । बाहिङ किरात मुलुखिम अहिलेको अवस्थामा घस्रिएर हिडिरहे पनि यसलाई टुकुटुकु हिड्न सक्ने बनाउँनु नै सम्पूर्ण बाहिङहरुको दायित्व भएको उनले बताए ।
https://www.youtube.com/watch?v=UHqw14WOYtw&t=82s
बाहिङ भाषा र सँस्कारका विज्ञ बुद्धिकुरमा हङ्गु बाहिङले सस्थाले दिएको सम्मान मात्रै ठूलो कुरा नभई बाहिङको भाषा, धर्म, सँस्कार, सँस्कृति र परम्परालाई जीवित राख्नु नै ठूलो कुरा भएको बताए । कार्यक्रमको अतिथिको आसनबाट बोल्दै विज्ञ बाहिङले बाहिङ सँस्कारमा प्रयोग हुने जाँड रक्सीको मात्रा समेत घटाउनु पर्ने बताए ।
https://www.youtube.com/watch?v=_fVOUfeyjRQ&t=16s
बाहिङ भाषाबाट विद्यावारिधी गरेका डा. भेषनाथ खनालले बाहिङ भाषा र साहित्यको अध्ययन समेत अपरिहार्यता भएको छ । ओखलढुंगा जिल्लाको इतिहास, सँस्कृति, भूगोल बुझ्नको लागि बाहिङ मिथकको अध्ययन गर्नु पर्ने बताएका हुन् । डा. खनालले बाहिङ जातिको आदिम पुर्खा ‘कोक्तिसाला’ कविता समेत बाचन गरेर सुनाएका थिए ।
कविता हेर्न र सुन्न तलको भिडियोमा क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=jxd8RCrEDyg
मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज बाहिङ राईले बाहिङको सँस्कार, सँस्कृतिको नियम कडा भएकाले यसलाई समय अनुसार परिमार्जित गर्दै लैजानु पर्ने बताए । बाहिङ सँस्कारलाई सहज रुपमा सबै बाहिङ समुदायमा पु¥याउनको लागि पनि समय, ठाउँ अनुसार परिमार्जन गर्दै लैजानु पर्ने बताएका हुन् ।

https://www.youtube.com/watch?v=byEQCDrRuxc&feature=youtu.be
स्थानीय तह निर्वाचनमा निर्वाचित बाहिङ कुल र मूलमा जन्मिएका बाहिङहरुलाई सस्थाले सम्मानका लागि किराती नयाँ वर्ष यले सम्वत ५०७८ को अवसर पारेर ओखलढुंगामा कार्यक्रमको आयोजना गरिएको हो । सम्मान कार्यक्रममा बाहिङ समुदायका अगुवा, नक्सो, धामीहरुलाई समेत सम्मान गरेको छ ।
बाहिङ किरात मुलुखिमले बाहिङ अगुवाहरुलाई सम्मान ग¥र्यो
बाहिङ किरात मुलुखिमले बाहिङ अगुवा, समाजसेवीहरुलाई सम्मान गरेको छ । ओखलढुंगा जिल्लामा संस्थालाई जग्गा प्रदान गर्ने व्यक्तीहरु, समाजमा रहेका संस्कृति संस्कारका ज्ञाता नम्सो, झाम्चाहरु, स्थानीय तहमा निर्वाचित हुनुभएका जनप्रतिनिधीहरु, लोकसोवामा नाम निकाली सरकारी सेवामा कार्यरत बाहिङ कर्मचारीहरु र समाजमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न कला साहित्य मातृभाषा सहित्य तर्फ योगदान दिनु हुने बाहिङ जातिका अगुवा व्यत्तिहरुलाई सम्मान गरेको हो ।

मुलुखिम केन्द्र र जिल्लाको संयुक्त आयोजनामा ओखलढुंंगा जिल्लाको जिल्ला समन्वय समितिको हलमा सम्मान कार्यक्रम आयोजना गरेको थियो । सम्मान कार्यक्रममा जग्गा दाता बाहिङ किरात मुलुखिम केन्द्रीय अध्यक्ष मानेभञ्ज्याङ्ग गाउपालिका मोली १ निवासी भूपराज बाहिङ, बाहिङ किरात मुलुखिम द्याल कार्यसमिति मोपुद्याल (रातमाटे) फाकु (लेकखर्क) निर्वतमान अध्यक्ष लाखधन बाहिङ, बाहिङ किरात मुलुखिम द्याल कार्यसमिति मोप्लोद्याल (अधेरी) निवासी सागर बाहिङ सम्मानित भएका छन् ।

स्थानीय तहका जनप्रतिनिधीहरुमा मोलुङ्ग गाउँपालिकाका अध्यक्ष मणिराज बाहिङ, चिसंखु गाउँपालिकाका उपाध्यक्ष सुस्मा बाहिङ, मोलुङ्ग गाउँपालिका वडाध्यक्ष हरिकुमार बाहिङ, सिद्धिचरण नगरपालिका वडा न.ं ७ का अध्यक्ष बम बहादुर बाहिङ, चिसंखे गा.पा वडा अध्यक्ष हिमाल बाहिङ, मानेभञ्ज्याङ्ग गा.पा वडा वडा नं १ अध्यक्ष राजकुमार रुम्दाली बाहिङ, सि.न.पा वडा नं. ३ मोप्लोद्याल (अधेरी) वडा अध्यक्ष रहरमान बाहिङ, नेचासल्यान गा.पा वडा नं. ५ वडा अध्यक्ष राजनकुमार बाहिङ, नेचासल्यान गा.पा वडा नं. १ वडा अध्यक्ष रमेशकुमार बाहिङ, वडा सदस्यहरुमा दिपक युम्बुचा बाहिङ, टंकप्रसाद बाहिङ, नविन बाहिङ, शेरबहादुर बाहिङ, मिलन बाहिङ, टमबहादुर बाहिङ, लिलाबहादुर बाहिङ, रामप्रसाद बाहिङ, सैनविर बाहिङ, नौराज बाहिङ, चन्द्रबहादुर बाहिङ, ज्ञानुमाया बाहिङ, नेचासल्यान गा.पा २ दोदी इन्द्रबहादुर बाहिङ नगरपालिका कार्यकारी सदस्य बालासरी बाहिङ, बाहिङ अल्पसंख्यक तर्फ चित्रकुमार बाहिङ र काजिमान बाहिङ सम्मानित भएका थिए ।

त्यस्तै मतान चलचित्रका नायक तथा निर्माता केशव राई ‘युप्स’, नेपाल सरकार निजामती सेवा तर्फ संम्शेरबहादुर बाहिङ, महेस बाहिङ, रेनुका बाहिङ, फुलकुमार बाहिङ, भूपाराज बाहिङ, बाहिङ भाषा तुम्लो साहित्य तर्फ कुमारधन तोलाचा बाहिङ ओखलढुंगा जिल्ला र सोलुखुम्बु जिल्लाका द्यालकार्य समिति भित्रका नक्सो, झाम्चा, तुम्लोचाहरु संम्मान गरिएको छ । सदस्यता वितरण तर्फ विशिष्ट समाजसेवी संरक्षक जोन बाहिङ, भू.पू बृटिश गोरखा आर्मी देवराज बाहिङ, प्रोफेसर डा. विजेन्द्र राई “बाहिङ” संरक्षक तर्फ भूपालसिं बाहिङ, महन्तराज बाहिङ, आजिवन सदस्य तर्फ बाल कुमारी बाहिङ, जोकमाया बाहिङ, जानकीदेवी बाहिङ, किरण बाहिङ, सुमित्रा बाहिङ, धनकुमारी बाहिङ, मिलन बाहिङ, गिरेन्द्रकुमारी बाहिङ, गाराकाजी बाहिङ, बलबहादुर बाहिङ, राजकुमार बाहिङ, पदमराज बाहिङ, कर्ण बहादुर बाहिङ, दिलबहादुर बाहिङ, बद्धिकुमार हंगु, बुद्धिबहादुर बाहिङ, दिपक बाहिङ, देवीबहादुर बाहिङ, डिल्लीबहादुर बाहिङ, स्व. इन्द्रबहादुर बाहिङ, जितबहादुर बाहिङ, देशिन्द्र बाहिङ, मनबहादुर बाहिङ, मेघजित बाहिङ, दिलिपकुमार रुम्दाली बाहिङ, युवराज बाहिङ, युवकुमार बाहिङ, रिसीधन बाहिङ, सूर्यबहादुर बाहिङ रहेका छन् ।
https://www.youtube.com/watch?v=nLAaJbYmAZo&t=43s
संस्थाले समाजमा दिर्घकालिन समस्य र चुनौतिलाई मध्यनजर गर्दै पितृ संस्कार, मृत्यूसंस्कार, विवाह संस्कार जन्म संस्कारका विधिहरुलाई संस्थागत गर्न सामुहिक सारिखिमको माध्ययमबाट जिवन्तता दिने दिर्घकालिन योजना अघि सारेको छ । भने तात्कालिन योजनाको रुपमा भाषा, संस्कृतिहरुको दस्तावेजिकरण र हालै देशको विभिन्न क्षेत्रमा छरिएर रहेको हाम्रा समाजलाई आई पर्ने अपरिहार्य सेवामुलक योजनाको रुपमा एम्बुलेन्स खरिद गरि समुदायलाई आई पर्दा सेवादिने योजना रहेकोले संस्थाले संम्पूर्ण दाजुभाई दिदी बहिनीहरुलाई आफ्नो गच्चछे अनुसार सहयोग गर्न समेत अनुरोघ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार