डोल्पा, २७ भदौ । डोल्पाको एकमात्र छापा सञ्चारमाध्यामका रुपमा रहेको ‘हिमाली सुस्केरा’ राष्ट्रिय साप्ताहिक पत्रिकाको पुनः प्रकाशन गरिएको छ ।
विसं २०५८ मा राष्ट्रिय पाक्षिक पत्रिकाका रुपमा सुरु गरिए पनि आर्थिक तथा प्राविधिक कारणले बीचमा प्रकाशन अनियमित भई आएकामा गत आइतबारदेखि नियमित प्रकाशन सुरु गरिएको प्रकाशक तथा सम्पादक विष्णुलाल बुढाले जानकारी दिए ।
सञ्चारमाध्यमप्रति डोल्पालीको चासो कम हुनु तथा पत्रिकालाई निरन्तरता दिनका लागि मुख्य आधार विज्ञापन नपाउनु पत्रिकाको चुनौती रहेको बुढाले बताए । रासस