सोलुखुम्बु जिल्लामा विश्वको एक मात्र हाई अल्टिच्यूट स्र्पोट टे«निङ सेन्टर निर्माण कार्य अगाडि बढेको छ । सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्र लुक्ला बजारको बम डाँडामा निर्माण भैरहेको स्र्पोट टे«निङ सेन्टर एक सय रोपनीमा पैmलिएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रममा समेत यो हाई अल्टिच्यूट स्र्पोट टे«निङ सेन्टर परेको छ । कहिलेसम्म सोलुखुम्बु जिल्लाले हाई अल्टिच्यूट स्र्पोट टे«निङ सेन्टर पाउँछ, अनि सोलुखुम्बु जिल्लामा खेलकुदको विकास कसरी भैरहेको छ भन्ने बारेमा सगरमाथा अनलाईनका प्रधान सम्पादक बुद्धवीर बाहिङले जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डी.वी. नेपालीसँग गरेको कुराकानीको मुख्य अंश ।
सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भएको एक वर्षे कार्यकाल पूरा गरिसक्नु भयो, एक वर्षभित्र के के गर्नु भयो ?
सोलुखुम्बु जिल्ला विकास समितिको अध्यक्ष भैसकेपछि सोलुखुम्बु जिल्लाले काँचुली फेरेको छ । सोलुखुम्बु जिल्लामा मेरो कार्यकालमा ३÷४ वटा विद्यालयमा पाँच लाख बराबरको खेल मैदान बनाउनको लागि ५ वटा विद्यालयहरुलाई राष्ट्रिय खेलकुद परिषदबाट रकम विनियोजन गराएको छु । त्यस्तै सोलुखुम्बु जिल्लामा एउटा राम्रो खालको खेलकुद मैदान नभइरहेको अवस्थामा मैले त्यो खेलमैदानलाई ८ लाख रुपैयाँ विनियोजन गराएर आफ्नै उपस्थितिमा त्यो खेलकुद मैदान बनाएको छु । फेरी त्यो खेलकुद मैदानलाई राष्ट्रिय खेलकुद परिषदबाट रकम थप गराएर मेरो कार्यकालमा सल्लेरीमा एकदमै राम्रो खालको स्टेडियम स्टाइलको खेलकुद मैदान बनाउने लक्ष्य छ । सायद म त्यो पूरा गर्छु । त्यसपछि हामीसँग मिनी बहुउद्देश्य कबड हल थियो । त्यो कबड हल भूकम्पले चर्काएको थियो । त्यसलाई बाहिरभित्रि रुपमा प्लाष्टर गरेर तारबार गर्ने काम गरे । त्यत्ति मात्र नभएर सोलुखुम्बु जिल्लाले खुशी मान्नु पर्ने कुरा चाँही के हो भने विश्वकै दुई ठाउँमा हाइ अल्टिच्यूड स्र्पोट ट्रेनिङ सेन्टहरु खोलिएको त्यो पनि आर्टिफिसियल बनाएको छ । तर हामीले सोलुखुम्बु जिल्लाको लुक्ला बजार स्थित बम डाँडामा जिल्ला खेलकुद विकास समिति एवं सोलुखुम्बु जिल्लाको सभासदहरुको पहलमा नेचुरल हाई अल्टिच्यूड स्र्पोट ट्रेनिङ सेन्टर बनाउने निर्णय ग¥यौं । अहिले नेपाल सरकारको प्रमुख कार्यक्रममा पनि परेको छ ।
हाइ अल्टिच्यूड स्र्पोट टे«निङ सेन्टर निर्मार्ण कार्य कहिलेदेखि शुरु हुन्छ ?
हाई अल्टिच्यूड स्र्पोट ट्रेनिङ सेन्टर करिब एक सय रोपनी जग्गामा पैmलिने भएकाले यसको प्लानिङ राष्ट्रिय खेलकुद परिषदले गरिरहेको छ । यो एकदमै ठूलो योजना भएकाले अब प्लानिङ हुँदैछ । यो बनाउनका लागि हामीले एक सय रोपनी जग्गा किन्नु पर्ने छ । त्यो किन्नका लागि अब हामी तुरुन्त राष्ट्रिय खेलकुद परिषदले जग्गा किन्नको लागि भनेर पैसा विनियोजन नगर्ने तर स्न्ट्रक्चर बनाउनको लागि चाँही विनियोजन गर्ने भएकाले हामी अहिले पैसा खोजिरहेका छौं । सायद हामी भदौ र असोजभित्रमा पहिलो फेजको जग्गा लिने काम गरिसक्नेछौं ।
हाई अल्टिच्यूड स्र्पोट टे«निङ सेन्टरभित्र के के खेलहरु खेल्न र टे«निङ गर्न सकिन्छ ?
त्यहाँ एकदमै ठूलो स्टेडियम हुन्छ । पौडि, भलिवल, फुटबल, क्रिकेटदेखि ओलम्पीकमा जत्ति पनि खेलहरु खेलिन्छन् ती सबै खेलहरु खेल्न सकिन्छ । त्यत्ति मात्र होइन यो स्र्पोट टे«निङ सेन्टर विश्वकै एक नमूना हाई अल्टिच्यूट स्र्पोट टे«निङ सेन्टर हुनेछ ।
स्टेडियम बनिसकेपछि वरिपरिको बासिन्दा लगायत सोलुखुम्बु जिल्लालाई के फाइदा हुन्छ ?
सोलुखुम्बु जिल्लामा सगरमाथा हिमाल चढ्ने र टे«किङ गर्ने पर्यटकहरु मात्र आइरहेका छन् । तर अब भने सोलुखुम्बु जिल्लामा अन्तराष्ट्रिय खेलकुदका मानिसहरु त्यहाँ आउँछन् । ओलम्पिक खेल्ने खेलाडिहरुको तलब हेर्ने हो भने करोडौं डलरमा सम्झौता गरेर एउटा खेल खेल्छन् । त्यो पैसाको केहि अंश मात्रै सोलुखुम्बु जिल्लामा भित्र्याउन सकियो भने खेलकुद पर्यटनको लागि एकदमै राम्रो खालको योजना बन्छ । त्यसकारणले सोलुखुम्बु जिल्लामा एउटा पर्यटक खेलाडि १०÷१५ दिन मात्रै तालिमको लागि त्यहाँ आएर बसि दियो भने आर्थिक रुपमा सोलुखुम्बु जिल्ला सम्पन्न हुन्छ ।
अन्तराष्ट्रिय स्तरको हाई अल्टिच्यूड स्र्पोट टे«निङ सेन्टर सोलुखुम्बु जिल्लाले कहिलेसम्म पाउँछ ?
हामीले पहिलो र दोस्रो फेजको कार्यक्रम शुरु गरिसकेका छौं । हामीले जग्गादाताहरुसँग जग्गा लिने र दिने कुराहरुमा सम्झौता गरिसकेका छौं । केहि पैसाहरु हामीले जिल्ला विकास समितिबाट पनि विनियोजन गरिरहेका छौं । जग्गा पास गर्ने सवालमा साँसद बलबहादुर केसीको संयोजकत्वमा म महासचिव भएर आर्थिक संकलन समिति गठन गरेका छौं । यो समितिले त्यो भेगका राजनैतिक दलका नेता तथा स्थानीयहरुसँग अन्तक्रिया गरेर पैसा कसरी उठाउने र त्यो जग्गा कसरी जिल्ला खेलकुद विकास समितिको नाममा लिने भन्ने एउटा निर्णय गर्छौं र सोही अनुसार तुरुन्त अगाडि बढ्छौं ।
सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिको अध्यक्ष दोस्रो पटक हुनु भएको छ, पहिलो पटक अध्यक्ष हुँदा जिल्लामा के के गर्नु भयो ?
शुरुमा २०६२÷६३ सालमा म जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भएको थिए । त्यो अध्यक्ष भएको कार्यकालमा मैले सोलुखुम्बु जिल्लामा सबैभन्दा एउटा सम्झन लायक गरेको काम के हो भने सोलुखुम्बु जिल्लामा मैले गाउँ गाउँमा कराते र तेक्वाण्डो सिकाए । त्यसपछि जिल्लामा रेफ्री संघ गठन गरे । अहिलेसम्म त्यही रेफ्री संघले जिल्लामा भलिवल खेलाइ रहेको छ । त्यही करातेका भाई बहिनीहरुले सोलुखुम्बु जिल्लामा पनि कराते छ है भन्ने आभास भएको छ । जुनबेला एमालेको सदस्य सचिव भएकाले आफ्नो पहुँच अनुसार जिल्लाको विद्यालयहरुमा भलिवल लगेर वितरण गरे । त्यत्तिखेर नै मैले कबर्ड हल मर्मतको लागि पैसा लगेर काम गरे ।
हिमाली जिल्ला सोलुखुम्बुमा हरेक किसिमका खेलकुदहरु विकासका लागि सम्भावना र चुनौतीहरु के के देख्नु भएको छ ?
मैले राष्ट्रिय खेलकुद परिषदमा दुई÷तीन पटक कुरा उठाएको छु, शहरमा होइन खेलाडीहर गाउँगाउँमा खोज्नु पर्छ । किनभने जत्ति खेलाडिहरु छन् ती खेलाडीहरु अर्गानिक खाना खान पाइरहेका छैनन् । उनीहरसँग स्टामिना नै छैन भन्दा दुई मत नहोला । हामी गाउँगाउँमा गयौं भने अर्गानिक खान सहित विहान, बेलुकी उकालो ओरालो हिडेको खेलाडिहरु हुन्छन् । उनीहरुसँग स्टामिना बढि भएको खेलाडिहरु हुन्छन् । त्यसैले गाउँगाउँमा खेलाडिहरु खोज्नु जानु पर्छ भनेर मैले राष्ट्रिय खेलकुद परिषदमा र मन्त्रालयमा कुरा राखेको छु । अब रह्यो खेलाडीहरु उत्पादन गर्नको लागि के के गर्नु पर्छ त ? भन्दा सबैभन्दा पहिला खेलाडिहरु उत्पादन गर्ने हो भने विद्यालय स्तरबाटनै खेलाडिहरु उत्पादन गर्नु पर्छ । त्यसको लागि सबैभन्दा पहिला पूर्वाधारहरु तयार गर्नु प¥यो । विद्यालय स्तरका प्रत्येक कक्षाहरुमा खेलकुदको बारेमा एक दुईवटा विषय राख्नु प¥यो । र त्यो विषयमा भएको खेल अनुसार समयमा खेलाउनु प¥यो । यहाँ चाही के भने खेल खेल्ने वित्तिकै विद्यार्थीहरु बिग्रिए भन्ने स्थानीयको मानसिकता छ । त्यसलाई चिर्न सक्नु पर्छ । जबसम्म त्यो मानसिकतालाई तोड्न सक्दैनौं तबसम्म खेलकुदको विकास हुँदैन । सबैले खेलाडीहरुलाई उत्साह दियो भने नेपालमा पनि खेलकुदको भविष्य धेरै राम्रो छ । नेपालको खेलकुद क्षेत्रमा धेरै चुनौतीहरु छन् । झनै हिमाली जिल्ला सोलुखुम्बुमा त धेरै चुनौती छ ।
तपाईको कार्यकालमा सोलुखुम्बु जिल्लाले खेलकुद क्षेत्रमा के पाउँछ ?
मेरो कार्यकाल भित्र नै सोलुखुम्बु जिल्लाले इतिहास कायम गरेको छ । राष्ट्रपति रनिङ्ग शिल्डमा पुरुष भलिवलमा प्रथम स्थान हासिल गरेको छ । पूर्वाञ्चल विकास क्षेत्रस्तरीय खेलमा अहिलेसम्म प्रथम स्थान हासिल गरेको थिएन अहिले स्वर्ण पदक जितेको छ । सोलुखुम्बु जिल्लाले ५ जना राष्ट्रिय खेलाडि जन्माएको छ । मेरो कार्यकाल सफल एवं जिल्लाले खेलकुद क्षेत्रमा विकास गर्नको लागि म एक्लैले केहि गर्न सक्दिन । किन भने एक्लैले केहि गर्न सकिदैन । यसमा शिक्षक, खेलप्रेमी लगायत सबैको सहयोग भयो भने मेरो कार्यकालमा सोलुखुम्बु जिल्लाले खेलकुद क्षेत्रमा काँचुली फेर्छ ।
अन्त्यमा सोलुखुम्बु जिल्लाको खेलाडि, खेलप्रेमी अभिभावकहरुलाई तपाईको के सन्देश छ ?
खेललाई माया गर्नु पर्छ । जबसम्म खेललाई बुझिदैन तबसम्म खेलाडिहरु अघि बढ्न सक्दैनन्, खेलकुद अगाडि बढ्न सक्दैन । मानिसहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा खेलकुदमा लागिरहेका हुन्छन् । त्यसलाई बुझ्न मात्रै गाह्रो छ । खेलकुदको खेल सबै मानिसको दैनिक जीवनमा सञ्चालन भैरहेको हुन्छ । त्यसलाई परिभाषा गर्न नसकिएको वा गर्न नजानिएको हो । त्यसैले खेलकुद बुझिदिनु भयो भने आफ से आफ मानिसहरु खेलकुदमा लाग्छन् । तब मात्र देशमा खेलकुदमा अगाडि बढ्छ । त्यसैले खेलकुदलाई माया गरिदिनुस भन्न चाहन्छु ।
सोलुखुम्बुमा हाई अल्टिच्यूड स्पोर्ट ट्रेनिङ सेन्टर मेरै कार्यकालमा:डी.वि. नेपाली
0
Shares