आजको राशिफल

  नेपाली पात्रो
175 Shares

वि.सं. २०७४ साल चैत ९ गते। शुक्रबार । इस्वी सन् २०१८ मार्च २३ तारिख । नेपाल संवत् ११३८ चौलाथ्व । चैत्र शुक्लपक्ष । तिथि – षष्ठी, १२ः०८ बजेउप्रान्त सप्तमी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । दोहो¥याएर प्रयत्न गर्दा रोकिएको कामसमेत सम्पादन हुन सक्छ । पहिले प्रतिस्पर्धा गर्नेहरूले पनि काममा साथ दिनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने मनग्गे आम्दानी बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । सहयोगीहरूको साथ पनि जुट्नेछ । मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । समयमा लगनशील बन्न नसक्ता अलि पछि परिनेछ । नयाँ जिम्मेवारी पाइनेछ । तर, उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तारिफयोग्य कामको चर्चा हुनेछ । उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले विशेष स्थान दिलाउन सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । बेसुरको निर्णयले समस्या आउला । बलजफ्तीले काम बिग्रन सक्छ । परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ । केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ । आफन्तसँग असमझदारी बढ्न सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ । व्यावसायले यात्रा गराउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्य कमजोर बन्नाले चिताएको काम रोकिन सक्छ । गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ । तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । शत्रुहरूको चलखेल भने बढ्न सक्छ, सजग रहनुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तर शुभचिन्तकहरूको साथ जुट्नाले काम चिताएका बनाउन सकिनेछ । प्रक्रिया दोहो¥याउनुपरे पनि अन्ततः आफैंलाई फाइदा हुनेछ । भौतिक साधन जुट्नाले जीवनशैलीमा पनि परिवर्तन आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ला । व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।
राशीफलले जेसुकै भनेता पनि तपाई आफ्नो कर्ममा विश्वास गर्नुस तपाईले कर्मको फल अवश्य पाउनुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार