हिलारीको स्वास्थ्यमा सुधार

0 Shares

वासिङटन, ३० भदौ । अमेरिकाको डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हिलारी क्लिनटनको स्वास्थ्य अवस्था राम्रो भएको उपचारमा संलग्न चिकित्सकहरुले बुधबार प्रकाशित एक विज्ञप्तिमा बताएका छन् ।

“उहाँको स्वास्थ्य अवस्थामा निरन्तर सुधार भईरहेको छ संयुक्त राज्य अमेरिकाको सेवाका लागि उहाँ अहिले ठिक अवस्थामा हुनुहुन्छ,” क्लिनटनकी पारिवारिक चिकित्सक डा.लिसा बारडार्कले भन्नु भएको छ ।

अमेरिकाको पूर्वविदेश मन्त्रीसमेत रहनु भएकी र हाल डेमोक्र्याटिक पार्टीका तर्फका राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनले गत आईतवारदेखि आफ्ना महत्वपूर्ण सभासमारोह रद्ध गरेर घरमै बस्नुभएको छ ।

पूर्वविदेशमन्त्री क्लिन्टन नरम र नसर्ने जिवाणु सहितको निमोनियाबाट प्रभावित हुनु भएको डा. बारडार्कले बताउनु भएको छ ।

स्वास्थ्य परिक्षण गर्दा शारिरिक अवस्था सामान्य र मानसिक अवस्था निकै राम्रो पाईएको डा. बारडार्कले भनाइ रहेको छ ।

डेमोक्रयाटिक उम्मेदवार क्लिनटन आफ्ना चुनाव प्रचारप्रसारका कार्यक्रमहरुमा बिहीबारदेखि नै फर्किनुहुने उहाँको प्रचारप्रसार समूहले बुधवार जानकारी दिएको छ । यसअघि उहाँले अस्वस्थ्यताका कारण क्यालिफोर्निया भ्रमण रद्द गर्नु भएको थियो ।

यसै वर्ष आयोजना हुने पार्टीको राष्ट्रिय समितिको सम्मेलनका लागि ठाउँठाउँबाट खर्च जुटाउने शृङ्खलावद्ध कोष सङ्कलन कार्यक्रम र चुनावी प्रचारप्रसार अभियानको सिलसिलामा क्लिन्टनको क्यालिफोर्निया जाने योजना रहेको थियो ।

गत २००१ सेप्टेम्बर ११ मा न्युयोर्कको ट्वीन टावरमा भएको आतङ्ककारी आक्रमणको स्मरण गर्न गतःआइतवार आयोजित पन्ध्रौँ वार्षिक श्रद्धान्जलिसभामा ६८ वर्षीय क्लिन्टनले ९० मिनेट लामो वक्तव्य दिनुभएको र सन्चो नभएको कारण कार्यक्रम सकिनु अगावै बीचैमा छाडी प्रस्थान गर्नु भएको थियो ।

आगामी नोभेम्बर महिनामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार क्लिन्टन अमेरिकी डेमोक्र्याटिक पार्टीको तर्फबाट प्रायःविजयको नजिक पुग्न लाग्नुभएकी एक सशक्त महिला उम्मेदवारको रुपमा अमेरिकाभरी चर्र्चित हुनुहुन्छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार