जुरिच (एपी), ३० भदौ । ब्राजिलद्वारा विश्वकप छनोट चरणमा ल्याएको नतिजाका कारण आफ्नो नवौँ स्थानलाई पाँच स्थान अगाडि ल्याउँदै चौँथो स्थानमा आउन सफल भएको फुटबलको अन्तर्राष्ट्रिय महासङ्घ (फिफा) ले बिहीबार जनाएको छ ।
अर्जेन्टिना यस पहिले झै फिफा वरियता क्रममा पहिलो स्थान रहेको छ भने बेल्जियम जर्मनीलाई एक स्थान पछि पार्दै दोस्रो स्थानमा पुगेको छ ।
युरोपियन च्याम्पियनसिपमा सेमीफाइनलसम्मको यात्रा तय गर्न सफल वेल्स फिफा वरियता क्रमको प्रथम दश स्थानभित्र अर्थात् दशौँ बन्न सफल भएको छ ।
वेल्सको स्थान युरोपेली शक्तिशाली समूहहरु स्पेन, इटाली र इङ्ग्ल्यान्डभन्दा अगाडि आएको छ । रासस/एपी