ग्रीनवेल बनाउँन अमेरिका छोडेर सोलुखुम्बु आए:माओ राई

7 Shares

विक्रम संवत २०१८ सालमा सोलुखुम्बु जिल्लाको मुक्ली गाविसको वडा नं. ६ वगामा जन्मिएका माओ राईले सानै उमेरमा बुवा गुमाउनु भएको थियो । राईले जीन्दगीको उत्तारार्धमा धेरै दुःख पाए । बुवाको स्वर्गरोहण भएपछि सानै उमेरमा विवाह गर्नु भएका राईले विहान विद्यालय र दिउँसो होटलमा काम गर्न थाले । होटलमा वेटरको रुपमा काम गर्दै गर्दा राईको फ्रान्सेली नागरिकसँग राम्रो सम्बन्ध भएपछि वहा फ्रान्स जानुभयो । विदेशीने क्रममा राई अमेरिकासम्म पुगेका थिए । अमेरिकामा बस्दा एक हप्ताको ६ सय अमेरिकी डलर तलब खाने राईले विदेशी मोह त्यागेर आफ्नै गाउँमा आएर किबी खेती शुरु गर्नु भएको छ । सुविधा सम्पन्न देश अमेरिका छोडेर आफ्नै गाउँ किन फर्किए राई अनि वहाँको जीवन भोगाईको बारेमा सगरमाथा अनलाईनका प्रधान सम्पादक बुद्धवीर बाहिङले गरेको कुराकानीको मुख्य अंश ।

प्रारम्भिक शिक्षा कति सालमा कहाँबाट शुरु गर्नु भयो ?

Mao Kirattमैले ३ कक्षासम्म आफ्नै गाउँ मुक्लीमा पढे । त्यसपछि केही समय पढाई छाडे । पछि काठमाडौं गएपछि कामको साथ साथै पढाईलाई पनि निरन्तरता दिए र २४ वर्षको उमेरमा मैले एस एल सी गरेको थिए । एस एल सी गरेपछि अमृत साइन्स क्याम्पस लैनचौरमा पढे तर मैले आइएसी पास गर्न सकिन । त्यसपछि मैले पाटन क्याम्पसबाट आई ए गरे । आई ए पनि ब्याग लागेर पास गरे । बीए पढ्दा पढ्दै विदेशिए । विदेश गएर आएपछि खासै पढ्न मन लागेन अनि पढिन पनि । त्यसपछि साँस्कृतिक क्षेत्रमा त्यो बेला हाम्रो आन्दोलन नै थियो । जुन बेला किरात राई संस्कृति संस्थान जन्मायौं र किरात राईहरुको भाषा, संस्कृतिको संरक्षण गर्नु पर्दछ भन्ने सबै किरातीहरुको भावना थियो । त्यो अभियानमा म पनि लागे र थुलुङ भाषाको शब्दकोष निर्माण गर्ने सोचले थुलुङ भाषा सम्बन्धि काम ग¥यौं । त्यो सन्दर्भमा थुलुङ भाषाको कन्सुनेन्ट र भोभेलहरुको भाषा सम्बन्धि काम ग¥यौं । डाक्टर माधवप्रसाद पोखरेर र डा. नवोलकिशोर राईको सहयोगमा सो काम ग¥यौं । त्यसपछि थुलुङ भाषाको गोष्ठी तथा लेखन कार्य पनि ग¥यौं ।

अमेरिका जस्तो सुविधा सम्पन्न शहर छोडेर सोलुखुम्बु किन आउनु भयो ?

अहिले ग्लोबल वार्मिङले पृथ्वी तातिरहेको छ । आकाश तातिरहेको छ र हाम्रो सुन्दर हिमालहरु पग्लिरहेका छन् । प्रकृतिले दिएको सम्पूर्ण प्राकृतिक वस्तुहरु विनाश भैरहेको छ । मान्छेले पैसाको लागि जडिबुटीको वंशै नाश हुने गरि उखेलेर लगेको हुनाले पहिलो नंबरमा हामीले ती जडिबुटीहरुको संरक्षण गर्नु पर्दछ । यसरी मासिनु हुँदैन, नासिनु हुँदैन । यसरी जडिबुटीहरुको संरक्षण गरियो भने हाम्रो भावि सन्ततीहरुलाई राम्रो गर्दछ । यो जडिबुटी मासिनु भनेको हाम्रो पृथ्वीको प्रकृतिमा भएको स्रोत मासिनु भनेको पक्कै राम्रो कुरा हैन । त्यसैले म अमेरिका जस्तो सुविधा सम्पन्न शहर छाडेर आफ्नै जन्मभूमि फर्किएर आएको हो । अहिले मैले सोलुखुम्बु हर्वल गार्डेन संस्थाको स्थापन गरि सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्र लुक्ला बजारदेखि खोटाङ जिल्लाको हलेसीसम्म ग्रीन वेल बनाउने योजनामा म सोलुखुम्बु आएको हुँ । यसको साथै मुक्लीमा किबी खेती पनि शुरु गरेको छु ।

लुक्ला बजारदेखि हलेसीसम्म ग्रीन बेलको अवधारणा ल्याएर सोलुखुम्बु आउनु भएको छ ? कसरी अगाडी बढ्दै हुन्छ त ?

लुक्ला बजारदेखि हलेसीसम्म जुन डाँडाकाडाँहरु छन् नी ? ती डाँडाकाडाँहरुमा नर्शरी उत्पादन गर्ने, वृक्षारोपन गर्ने अवधारण रहेको छ । मैले बनाएको ग्रीन वेलको अवधारण कस्तो छ भने यी डाँडाहरुमा जसले वृक्षारोपण गर्छ उसैले विरुवा नहुर्काञ्जेलसम्म उसैले जिम्मा लिनु पर्दछ भन्ने छ । त्यसपछि जति विरुवा हुर्काएको छ सो बापत पुरस्कार स्वरुप पैसा दिने । यसरी काम गर्न सकियो भने अबको केही वर्षपछि मैले देखेको ग्रीन वेल बनाउन सकिन्छ ।

ग्रीनवेल बनाउँनुको कारण के छ ?

ग्रीनवेल बनाउँन सकियो भने यहाँका स्थानीय बासिन्दाहरुलाई धेरै फाईदा हुन्छ । यस क्षेत्रमा पछिल्लो समयमा नाइट्रोजन बढिरहेको बेला अक्सिजनको मात्र बढ्छ । यसले मानव स्वास्थ्यलाई राम्रो गर्छ । प्राणीहरुको स्वास्थ्यलाई फाईदा पु¥याउछ, पानीको स्रोत सुक्दैन, हिमाललाई कार्बनडाइअक्साइडबाट बचाउने काम गर्छ र यो वातावरण प्रदुषणलाई न्यूनीकरण गर्दै बचाउने काम गर्दछ । त्यसैले यी सबै कुराहरु गर्नको लागि हाम्रो संस्था लागिरहेको छ । हामी यी कार्यहरु गर्न निरन्तर लागिरहेका छौं । यसको साथै यो क्षेत्रमा ग्रीनवेल बनाउनुको साथै स्थानीय बासिन्दाहरुको आर्थिक स्रोतलाई दीर्घकालिनसम्म रहने गरी किबी फार्मिङ, वालनट फार्मिङ, चेसनट फार्मिङ र विभिन्न किसिमका साइटिक पूmडहरु लगाउने हाम्रो संस्थाको मुख्य उद्देश्य रहेको छ ।

यी सबै कामहरु गर्नको लागि कसरी जाँदै हुनुहुन्छ ?

अहिले त गाउँघरमा काम गर्ने मानिसनै पाउन छाडिएको छ । यस कामको लागि खेती गरेर मात्रै पनि हुँदैन, हामी यो कामलाई अभियानको रुपमा अगाडी बढाउने सोच बनाएका छौं । यो हाम्रो गाउँलाई रेमिट्यान्सले गर्दा बिग्रीएको छ । यस क्षेत्रका अधिकांश मानिसहरु विदेशमा भएकाले उनीहरुले अलिकति पैसा पठाउँछन्, काम गर्ने बानी हटिसकेको छ, काम गर्ने मान्छे पाईदैनन् । त्यसैले रेमिट्यान्स आएपछि सामल किन्ने अन्य घरायासी आवश्यकीय वस्तुहरु किन्ने प्रचलन रहेको छ । तसर्थ हामीले क्यासक्रपको लागि भए पनि फलपूmल खेती तथा अन्य छिटो फल्ने खेती अपनाउनु पर्ने आवश्यकता देखेकाले हामी सोही तरिकाले काम गर्दै जाँदै छौं ।

तपाई र तपाईको संस्थाले सोलुखुम्बु जिल्लालाई नै किन रोज्नु भयो ?

सोलुखुम्बु जिल्ला कृषिको धेरै सम्भावना बोकेको जिल्ला हो । कृषिमध्येमा पनि कुन क्षेत्र त भन्दाखेरी फलपूmल क्षेत्रमा लगानी गर्न सकियो भने सोलुखुम्बुको लागि धेरै आम्दानीमूलक छ । कसरी भन्दा सोलुखुम्बु जिल्ला विश्वको सर्वोच्च शिखर भएको क्षेत्र जहाँ समुद्र सतहबाट ६ सय मिटरदेखि ८ हजार ८ सय ४८ मिटरसम्मको उचाई भएको क्षेत्र हो । यसको साथै ६ सय मिटरदेखि ५ हजार मिटरसम्म जडिबुटी पाइने क्षेत्र भएकाले हामीले सोलुखुम्बु जिल्लालाईनै छानेका हौं ।

तपाईले किबी खेती पनि शुरु गरिसक्नु भएको छ ? किबी खेती गर्नको लागि सोलुखुम्बु उपयुक्त छ त ?

नेपालको माटोमा पनि पूर्वी नेपाल एकदमै किबीलाई सुहाउँदो छ । त्यसमा पनि सोलुखुम्बुको अधिकांश क्षेत्रमा किबी खेतीको लागि उपयुक्त माटो छ । त्यसैले हामीले सोलुखुम्बुमा किबी खेती शुरु गरेका हौं । अर्को कुरा के छ भने सोलुखुम्बुको किबी हाइल्याण्ड प्रोडक्सन भनेर प्रचारप्रसार गर्न सकियो भने विश्वको विभिन्न मुलुकमा पठाउन सकिन्छ । यहाँको किबी अर्गानिक भएकाले पनि यसको माग उच्च हुनेमा कुनै दुइमत नहोला ।

तपाईलाई यी सबै कामहरु गर्ने प्रेरणा कहाँ बाट आयो ? अहिले तपाईहरु को को हुनुहुन्छ ?

८२ वर्षिय जापानीज नागरिक टोकियो जस्तो सुविधासम्पन्न शहरलाई छाडेर नेपालको मुस्ताङ जस्तो मरुभूमिमा आएर टनेल बनाएर धान रोपेर फलाएका छन्, विभिन्न किसिमका तरकारी उत्पादन गरेर मुस्ताङ्गे बासिन्दालाई खुवाएका छन् । त्यस्तो विदेशी वृद्ध मान्छेले त त्यस्तो मरुभूमिमा तरकारी उत्पादन गर्न सक्छ भने हामी आफ्नो गाउँ किन बनाउँन सक्दैनौं ? त्यसैले आफ्नो गाउँ आपैm बनाउ भनेर म आफ्नै जिल्ला सोलुखुम्बु फर्किएर काम गर्न शुरु गरेको हो । अहिले हामी आङतेम्बा शेर्पा, पासाङदावा शेर्पा र म छौं ।

अन्त्यमा तपाईको के भन्नु हुन्छ ?

म के भन्न चाहान्छु भने हाम्रो भूमी, हाम्रो पृथ्वी प्रदुषित भैरहेको छ । यसबाट बच्नको लागि हामी सबैले सकेको विरुवा रोपौं । यदि हामीले विरुवा रोपेर हरियाली बनाउँन सकियो भने हाम्रो पुस्तौंसम्म पनि हाम्रो सम्पदाहरु रहिरहनेछन् यही भन्न चाहान्छु, धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार