काठमाडौं । जर्मनीलाई पराजीत गर्दै मेक्सिकोले सान्दार जीत हात पारेको छ । आइतबार राति भएको खेलमा मेक्सिकोले जर्मनीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

मेक्सिकोलाई जिताउन खेलको ३५ औं मिनेटमा हिरभिङ लोजानोले गोल गरेका थिए । अधिकांश समय बलमा नियन्त्रण राखेको जर्मनीले गोल गर्ने अवसर धेरै पाएको थियो, तर सदुपयोग गर्न सकेन । जर्मनीका खेलाडीको कतिपय प्रहार मेक्सिकोका गोलकिपर ओचावाले बचाएका थिए भने केही प्रहार पोष्टभन्दा बाहिर गएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस
https://youtu.be/axiDrV3rcQo
३ असार २०७५, आइतबार
308
Shares







