काठमाडौं । पोर्चुगलको विजयीसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १–० ले हराएपछि विश्वकपको समूह चरणबाट बाहिरीएको हो ।
पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डोले नै मोरक्कोविरुद्ध पनि गोल गरेका थिए । उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् ।
अन्तराष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगेका छन् । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन् । उनीभन्दा अघि इरानका अलि डाईले १ सय ९ गोल गरेका छन् ।
खेलको धेरै समय बललाई नियन्त्रण राखेर पनि मोरक्कोले गोल भने गर्न सकेन । खेलमा ५५ प्रतिशत समय मोरक्कोले बललाई नियन्त्रणमा लिएको थियो । मोरक्कोले प्रहार गरेका १३ सटमा ४ सट पोस्टको दिशामा थियो । पोर्चुगलले प्रहार गरेका आठ सटमा तीन सट मात्र पोस्टको दिशामा थियो ।
इरानसँग भएको पहिलो खेलमा पनि मोरक्कोले बलमा ६८ प्रतिशत समय आफ्नो नियन्त्रण राखेर हार भोगेको थियो । राम्रो अवसर बनाउने र खेलमा नियन्त्रण गर्ने गरे पनि मोरक्कोको फिनिसिङमा भने कमजोरी देखियो ।
पोर्चुगलसँगको हारसँगै समूह ‘बी’ रहेको मोरक्को बाहिरिएको छ । उसले अब अन्तिम खेलमा स्पेनसँग खेल्नेछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
पोर्चुगलको विजयीसँगै मोरक्को विश्वकपबाट बाहिरियो [भिडियो सहित]
203
Shares