एम्बुलेन्स खरिदका लागि मुलुखिम दक्षिण कोरियाबाट ३ लाख सहयोग [भिडियो सहित]

  बुद्धवीर बाहिङ
1.1k Shares

काठमाडौं । एम्बुलेन्स खरिदका लागि बाहिङ किरात मुलुखिम दक्षिण कोरियाबाट ३ लाख ८ हजार ८ सय ४२ रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । बाहिङ किरात मुलुखिम केन्द्रीय समितिले एम्बुलेन्स खरिदका लागि आव्हान गरेको सूचनाका आधारमा दक्षिण कोरिया शाखाका पदाधिकारीहरुले सो आर्थिक सहयोग गरेका हुन् ।

एम्बुलेन्स खरिदका लागि नेचासल्यान १ सोलुखुम्बुका मानबहादुर बाहिङले १५ हजार रुपीयाँ आर्थिक सहयोग गरेका छन् । त्यसैगरी सिद्धिचरण ३ ओखलढुंगाका विश्वराज बाहिङले पनि एम्बुलेन्स खरिदका लागि ५ हजार रुपीयाँ आर्थिक सहयोग गरेका छन् ।

पछिल्लो समय बाहिङ गाउँगाउँसम्म मोटरबाटो पुगेपछि दूरदराजमा रहेका बिरामीहरुलाई सुविधा सम्पन्न अस्पतालसम्म उपचारका लागि सजिलैसँग पु¥याउनको लागि मुलुखिमले एम्बुलेन्स खरिद गर्न लागेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/ByVMGPg3f6c

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार