केनको ह्याट्रिकसँगै इंग्ल्यान्ड ६–१ ले विजयी

  बुद्धवीर बाहिङ
77 Shares

काठमाडौँ । विश्वकप फुटबल प्रतियोगितामा इंग्ल्यान्डका कप्तान ह्यारी केनको ह्याट्रिकसँगै पानामा विरुद्ध ६–१ को फराकिलो गोल अन्तरले विजयी भएको छ । पानामाविरुद्धको खेलमा केनले हृयाट्रिक गर्दै फराकिलो जीत अन्तर निकालेका हुन् । उनले दुई गोल पेनाल्टीमार्फत गरेका थिए ।

केनले खेलको २२ औँ मिनेटमा पहिलो तथा पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत् दोस्रो गोल गरेका थिए । केनले खेलको ६२ आँै मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै हृयाट्रिक पूरा गरेका थिए ।

केन जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । उनले हालसम्म दुई खेलमा पाँच गोल गरेका छन् । जारी विश्वकपमा हृयाट्रिक गर्ने केन दोस्रो खेलाडी हुन् । यसअघि पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले हृयाट्रिक गरेका थिए ।
विश्वकप फुटबलको समूह ‘जी’ मा रहेको इंग्ल्यान्डले डिफेन्डर जोन स्टोन्सले २ तथा जेसे लिन्गार्डले १ गोल गरेका थिए । जितसँगै इंग्ल्यान्डले आफ्नो समूहबाट अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

यस्तै पानामाका तर्फबाट खेलको ७८औँ मिनेटमा फिलिपे बालोयले सान्त्वना गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार