२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

‘पुरानो बुलेट’ मा अनुपसँग माला र वर्षा

प्रि प्रोडक्सनको कार्य पूरा



काठमाडौं । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को सम्पूर्ण कार्य सकेर छांयाकनको लागि तयार भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्रको घोषणा गरिएको थियो । असार १५ गते काठमाडौंबाटै छायांकन सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।

काठमाडौंको छायांकन सकेर पुरानो बुलेट टिम पूर्वाञ्चल (प्रदेश नं. १) तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले जानकारी दिए । चलचित्रको निर्माण नियन्त्रक याम प्रसाद ओलीले भने, ‘हाम्रो प्रि पोडक्सनको सम्पूर्ण कार्यहरु सकिएको छ, कलाकारहरु पनि तम्तयार छन्, मात्र फ्लोचरमा जान बाँकी हो ।’
चलचित्रमा कलाकारहरु अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले मगर, कृष्णभक्त महर्जन, शिव मुखिया, शिरोमणि दवाडी, विराज राई लगायतले अभिनय गर्नेछन् ।
निर्माताहरुमा अशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राई रहेका छन् । हरि घले लामाले खिच्ने यस चलचित्रको टाइटल सङ जयन जे वाइले तयार पारेका हुन् । सन्तोष राई र भीषणको राई कथा, उत्तमजंग लिम्बुको संगीत, राजेश पायल राई, मेलिना राई र जयन जे वाइवाको स्वर रहेको छ ।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार  ४ : ५३ बजे