प्रदेश नं १ पाँच वर्षभित्र उज्यालो बनाउँने ः मुख्यमन्त्री राई

7 Shares

विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अगामी पाँच वर्षभित्र प्रदेश नं १ लाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं १ र ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा तथा जर्मन सरकारको सहयोगमा आज यहाँ आयोजित ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको उद्घाटन गर्दै उहाँले अँध्यारोमुक्त प्रदेश बनाउन सरकारले नवीकरणीय ऊर्जाको सबै स्रोत उपयोग गर्ने बताए ।

नेपालको ग्रामीण तथा विकट क्षेत्रमा उज्यालो पु¥याउन नवीकरणीय ऊर्जाको निकै महत्व रहेको भन्दै मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने बताए।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री हिक्मत कार्कीले प्रदेशलाई अगामी तीन वर्षभित्रै उज्यालो प्रदेश बनाउने संकल्पका साथ अघि बढिरहेको बताए । ऊर्जाको विकास र विस्तारका लागि आफ्ना मातहतका सबै निकायलाई उहाँले निर्देशन दिए ।

प्रदेश नं १ का मुख्य सचिव सुरेश प्रधानले नागरिकलाई खुशी र समृद्ध बनाउन वैकल्पिक ऊर्जाको उपयोग गर्न ढिलाइ गर्न नहुने र यसका लागि सरकाले आवश्यक नीति तथा नियम बनाउनुपर्ने कुरामा जोड दिए।

नेपालस्थित जर्मन राजदूतावास विकास सहयोग प्रमुख क्लाउडिया हाइपेले विगत ६० वर्षदेखि नेपालको ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा जर्मनीले सहयोग पु¥याउँदै आएको बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बढ्दो व्यापार घाटालाई न्यून गर्न ऊर्जाको पहुँच वृद्धि गरी ऊर्जामा आत्मनिर्भर भई स्वाधिन अर्थतन्त्रबाट सुखी र समृद्ध नेपाल निर्माण गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले नेपाल सरकारको नवीकरणीय ऊर्जा सम्बन्धी नीति, रणनीति तथा कार्यविधि, केन्द्रकै वरिष्ठ अधिकृत मुकेश घिमिरेले प्रदेश न १ मा ऊर्जाको अवस्था र सम्भाव्यता तथा प्राविधिक सल्लाहकार विनोदप्रसाद श्रेष्ठले ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेको थियो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत र सामाजिक विकासमन्त्री जीवन घिमिरेको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार