विश्वकप फुटबल नकआउट चरणको खेल आजदेखि, कुन–कुन देश भिड्दै छन् ?

280 Shares

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा आजदेखि नेकआउट चरणको खेल शुरु हुँदैछ । विश्वकपको समूह चरणमा ३२ देशबीच भएको प्रतिष्पर्धाबाट १६ देश छानिएका छन् । यी १६ देशबीच आजबाट प्री–क्वार्टरफाइनल खेल हुँदैछ ।

शनिबार (आज) ४ देश प्रतिष्पर्धामा उत्रिँदैछन् । नेपाली समयअनुसार बेलुका पौने ८ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ । अर्जेन्टिना समूह डीको उपविजेता हो भने फ्रान्स समूह सीको विजेताका रुपमा अन्तिम १६ मा आएको हो । दुई देशबीच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।
उरुग्वे र पोर्चुगलबीचको खेल पनि आजै हुने कार्यतालिका छ । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ ।

आइतबार
स्पेन Vs रसिया
क्रोएसिया Vs डेनर्माक

सोमबार
ब्राजिल Vs मेक्सिको
बेल्जियम Vs जापान

मंगलबार
स्वीडेन Vs स्वीट्जरल्याण्ड
कोलम्बिया Vs  इग्ल्याण्ड

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार