पर्सा, अविरल वर्षाका कारण आएको बाढीमा डुबेर मर्नेको संख्या दुई पुगेको छ ।
पर्साको पर्सागढी नगरपालिका–४ मा पर्ने फन्ठी खोलामा सोमबार डुबेर कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिमा रामको मृत्यु भएको थियो भने उनीसँगै डुबेर बेपत्ता भएका कक्षा ९ मै अध्ययनरत छात्र सुरेन्द्र मण्डलको आज बिहान शव भेटिएपछि मर्नेको संख्या दुई पुगेको हो ।
पर्सागढी नगरपालिका–८ निवासी जाँदोलाल साहकी छोरी प्रमिला र बाराको कलैया उपमहानगरपालिका दोहरी निवासी बुधन मण्डलका छोरा सुरेन्द्रको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको नायब उपरीक्षक थापाले जानकारी दिए । पर्साको हरपुरमा रहेको मामाघरमा रही मृतक मण्डल उक्त विद्यालयमा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ ।
वर्षाको कमीसँगै डुबान क्षेत्रबाट पानीको सतह कम हँुदै गएको छ ।