ओखल्ढुङ्गा । यहाँका विभिन्न स्थानमा गरिबी निवारणमा योगदान गर्ने उद्देश्यले लघु उद्यम तालिम सम्पन्न भएको छ । गरीबी निबारणका लागि लघु उद्धम (मेडपा) कार्यक्रम अन्र्तगत तालिम दिइएको हो । सगरमाथा राष्ट्रिय विकास मञ्च ओखलढुङ्गा र घरेलु तथा साना उद्योघ विकास समिति, ओखलढुंगाको आर्थिक सयोगमा जिल्लाका सिद्धिचरण नगरपालिकाको बिगुटार, मोलुङ गाउँपालिकाको प्राप्चा र हर्कपुर, सुनकोसीको मुलखर्कको पारा र मानेभञ्ज्याङको उदयपुर र वाक्सामा लामो अवधिका लदु उद्यम तालिम सञ्चालन भएका हुन् ।
तालिम अन्तर्गत सिलाई कटाई, ढाका बुनाई, मध्यम तालिम अन्तर्गत बेतबासका फर्निचर र काठका फर्निचर निर्माण गर्ने तालिम सञ्चालन गरिएको हो । त्यस्तै छोटो तालिम अन्तर्गत साबुन, दालमोट, भुजिया, बेकरी, बाख्रा पालन तालिम र कृषी खेती जस्ता तालिम सप्पन्न भएको आयोजक संस्थाका अध्यक्ष विजयकुमार वस्नेतले बताए । तालिमबाट चालु आर्थिक वर्षमा १ सय ५० जना उद्यमी सिर्जना भएको छ भने गत आर्थिक वर्षमा तयार उद्यमी १ सय ३० जनालाई व्यबसाय हेरेर उनीहरुकै माग अनुसार स्तरोन्नतिका विभिन्न प्रविधि सहयोग गरिएको छ । दुई आर्थिक वर्षमा नयाँ र पुराना गरी जम्मा २ सय ८० जना उद्यमीहरु यो कार्यक्रमबाट लाभान्वित भएका छन् ।
संस्थाले खोटाङ जिल्लामा पनि विभिन्न स्थानीय तहमा जम्मा २ सय ८० जनालाई विभिन्न किसिमका तालिमहरु प्रदान गरिसकेको छ । संस्थाका अध्यक्ष बस्नेतका अनुसार यो कार्यक्रम नतिजामा आधारित र वास्तविक विपन्न मात्रै यो कार्यक्रमको लक्षित वर्गमा पर्ने बताए । उनले यो कार्यक्रम सफल भएको दावी गरे ।