मजबुत बन्दै छ आपत्कालीन पूर्वतयारी प्रयास

7 Shares

काठमाडौँ,संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग ९डिएफआइडी० ले संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रममार्फत नेपालको आकस्मिक पूर्व तयारीलाई सशक्त बनाउन ३० लाख पाउण्डको आर्थिक सहयोग गरेको छ ।

वार्षिक विपद् तथ्यांक पुनरवलोकन सन् २०१४–२०१५ का अनुसार नेपाल विपद्बाट हुने मानवीय र आर्थिक क्षति तथा तिनको आवृत्तिका आधारमा उच्च विपद् जोखिममा रहेका विश्वका १० देशमा पर्छ ।

उक्त सहयोगले मुलुकभर विपद्को अवस्थामा छरितो र एकीकृत प्रतिकार्य सुनिश्चित गर्न विश्व खाद्य कार्यक्रममार्फत नेपाल सरकारलाई सक्षम बनाउन गरिएको सहयोगलाई निरन्तरता दिएको छ ।

विश्व खाद्य कार्यक्रम नेपालकी प्रतिनिधि एवं निर्देशक पिप्पा ब्राडफोर्डले डिएफआइडीको आर्थिक सहयोगमा काठमाडौँमा स्थापित मानवीय सहायतास्थलका कारण सन् २०१५ को भूकम्पको समयमा शुरु अवस्थाको प्रतिकार्य प्रभावकारी ढंगले गर्न सम्भव भएको स्मरण गरे ।

संकटको समयमा देशभरिका रणनीतिक स्थानहरूमा स्थापना गर्न लागिएको बन्दोबस्ती आधारस्थलको सञ्जालमार्फत, स्थल तथा हवाईमार्ग भएर राहत–सामग्री सहजताका साथ ढुवानी गर्न सकिने विश्वासका साथ डिएफआइडीबाट भएको योगदानले भविष्यमा आपत्कालीन प्रतिकार्य प्रभावकारी बनाउन आधार तयार पार्नेछ ।

साझा तथा अद्यावधिक कार्यगत तथ्याङ्कले सबै प्रतिकार्यकर्तामा संकटको समयमा एकै प्रकारको बुझाइरहन्छ भन्ने सुनिश्चित गर्दै भौगोलिक अवस्था, हिमाली पदमार्ग र यातायातका पूर्वाधारसम्बन्धी सूचनाको पहुँचको समेत यकिन गर्नेछ । जसले राहत सामग्री कहाँ र कसरी लैजाने भन्ने निक्र्योल गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

डिएफआइडी नेपालका प्रमुख डा रुरिक मास्र्डेनले विपद्पूर्व नै आकस्मिक पूर्व तयारीका लागि गरिने लगानीले समय र जीवन जोगाउन सक्ने तथा अत्यधिक आवश्यकता परेका समक्ष यथाशक्य छिटो मद्दत पठाउन, विपद् उत्थानशीलता कार्यक्रममार्फत नेपाल सरकार र विश्व खाद्य कार्यक्रमसँग नजिक रहेर सहकार्य गरेको बताए ।

विपत्ति आउँदा सरकार एवं सम्बन्ध साझेदार प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सकुन् भन्ने उद्देश्यका साथ विश्व खाद्य कार्यक्रमले नेपाल सरकार, डिएफआइडीसहितका दातृनिकाय तथा मानवीय समुदायसँग निकटतम सहकार्यमा आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्यमा नेपालको क्षमता अभिवृद्धि गराउने कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार