काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ का विभिन्न शीर्षकमाथि सांसदहरुले आआफ्नो धारणा राखेको छ ।
विनियोजन विधेयक, २०७५ माथिको वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत आआफ्नो धारणा राखेको हो ।
यसरी धारणा राख्नेहरुमा सांसद विना पोख्ररेल, महेश महरा, खगेन्द्र पुरी, इन्दु कडरीया, नन्दा चपाँइ, नरपती लुहार, भैरवसुन्दर श्रेष्ठ, दीपा गुरुङ, खड्गप्रसाद पुरी, खिमकुमार विक रहेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक असार २२ गते विहान ११ बजे बस्ने छ ।
सो बैठकमा विनियोजन विधेयक, २०७५अन्तर्गत रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका शीर्षकमाथि छलफल हुने कार्यक्रम छ ।