अध्यक्ष राईद्धारा माप्यदुधकोशी गाउँपालिकामा ‘बहुआयमिक रंगशाला’ को शिलान्यास

875 Shares

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकामा ‘बहुआयमिक रंगशाला’ को शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित तेन्दुकोर्कुमा निर्माण गर्न लागिएको रंगशालाको विहीबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले शिलान्यास गरेका हुन् ।

खेलकुदको दीर्घकालिन विकासका लागि रंगशाला निर्माण प्रक्रिया औपचारिक रुपमा सुरुवात गरिएको अध्यक्ष राईले बताए । रंगशाला निर्माणका लागि १ करोड २० लाख रुपीयाँ बजेट विनियोजन भइसकेको उनले बताए । ३ सय रोपनी क्षेत्रफलमा रंगशाला बनाउन लागिएको अध्यक्ष राईले बताए ।
अध्यक्ष राईका अनुसनार रंगशाला निर्माणको लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५ र ०७५को बजेटमार्फत ५ लाख रुपैयाँ र आउँदो आर्थिक वर्षको बजेटमार्फत २० लाख रुपैयाँ तथा प्रदेश सरकारबाट १ करोड बजेट विनियोजन भइसकेको बताएका छन् ।
रंगशालामा स्वीमिङ पुल, अन्डरग्राउण्ड पार्किङ, स्थानीय मौलिक पहिचान झल्किने पाहुना घर (होटल), विधागत रूपमा विभिन्न खेलहरुको तालिम केन्द्र र प्रशासनिक भवनसमेत निर्माण गरिने छ । रंगशाला निर्माणार्थ आवश्यकीय जग्गा स्थानीयले निःशुल्क रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

‘बहुआयमिक रंगशाला’ को प्रमुख प्रशासकीय अधिकृत अविलाल राई, वडा नम्बर ४ का अध्यक्ष डबलसिं राई, जग्गादाता र स्थानीयबासीको उपस्थितिमा अध्यक्ष राईले रंगशालाको शिलान्यास गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार