प्रधानमन्त्री कार्यालयकै काम सुस्त

  पत्रपत्रिका
175 Shares

काठमाडौं । प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी यसको मातहत विभिन्न अनुसन्धानमूलक निकाय ल्याइए पनि ती निकाय प्रभावकारी बन्न सकेका छैनन् ।

अन्नपूर्ण दैनिक लेख्छ, प्रधानमन्त्री केपी ओलीकै रुचिका आधारमा चार महिनाअघि राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विगभालाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो । तर ती निकायले काम–कारबाहीलाई प्रभावकारी बनाउँदै शक्तिशाली निकायका रुपमा स्थापित गराउन सशक्त mपहल थालिएको पाइएको छैन ।
प्रधानमन्त्री ओलीले पनि ती निकायलाई शक्तिशाली बनाउनेतर्फ खासै ध्यान दिन नसकेको बताइएको छ ।
प्रधानमन्त्री मातहत ल्याइएका र रहेका अन्य सबै निकायलाई सशक्त एवं प्रभावकारी बनाउन आवश्यक कार्ययोजना छिट्टै ल्याइने प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई कोट गर्दै अन्नपूर्णले खबर लेखेको छ ।
समाचार अनुसार राष्ट्रिय सतर्कता केन्द्र, गरिबी निवारण कोष, सार्वजनिक खरिद अनुगमन कार्यालय, नेपाल ट्रस्ट, कर्णाली विकास आयोजना, सुदूरपश्चिम विकास आयोगलगायत निकाय पनि प्रभावहीन बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार