स्थलगत कविता लेखनमा प्रभात पुन प्रथम

112 Shares

काठमाडौँ । भानुजयन्तीका अवसरमा एसएबी पब्लिक स्कुल घट्टेकुलोले शुक्रबार काठमाडौँ उपत्यकाव्यापी स्थलगत कवितालेखन तथा वाचन प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा काठमाडौँ उपत्यकाका २० विद्यालयको सहभागिता थियो । त्रिविका सहप्राध्यापक डा भरत भट्टराई र कवि सुनिता खनाल निर्णायक रहेको सो प्रतियोगितामा लिटिल एञ्जल्स स्कूलका प्रभात पुन प्रथम, भ्याली भ्यू पब्लिक स्कूलका संयोग दाहाल द्वितीय तथा एम्बिसन एकेडेमी स्कुलका अनुज्ञा नेपाल तृतीय तथा पृथ्वी मावि स्कूलका अभिनन्दन घिमिरे र अक्सिडेन्टल पब्लिक स्कूलका दीपज्योति दाहालले सान्त्वना पुरस्कार प्राप्त गरे । सो प्रतियोगितामा प्रथम हुनेले पाँच हजार, दोस्रो हुनेले तीन हजार, तेस्रो हुनेले दुई हजार र सान्त्वना हुनेले एक–एक हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार माया ठकुरीलाई भानु सूर्योदय स्रष्टा सम्मान २०७५ प्रदान गरिएको थियो । सो सम्मानका साथ १५ हजार थियो । एसइई परीक्षामा २०७४ मा छात्रतर्फ सर्वाेकृष्ट छिरिङ मगर र छात्रतर्फ सर्बेत्कृष्ट नीरु सेवा तथा उनीहरूका अभिभावकहरूलाई कुलपति उप्रेती, विद्यालयका प्रिन्सिपल लक्ष्यबहादुर केसी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर शाहले सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार