काठमाडौं । इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो ।
बेल्जियमका लागि मानुयइले चौथो मिनेटमै गोल गरे । पहिलो हाफमा १–० को अग्रता लिएको बेल्जियमका लागि कप्तान इडेन हाजार्डले ८२ औं मिनेटमा गोल गर्दै तेस्रो स्थान सुनिश्चित गराए ।
यसअघि पनि समुहचरणमा यी दुईबीच भएको खेलमा बेल्जियमले नै बाजी मारेको थियो ।
विश्वकपको उपाधिका लागि भोली (आइतबार) राति फ्रान्स र क्रोयसिया भिड्दै छन् ।
इंग्ल्याण्डलाई हराउँदै विश्वकपमा बेल्जियम बन्यो तेस्रो
287
Shares