काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज सिंहदरबारमा भेट वार्ता भएको छ ।
राजदूत साइगोले दुई देशबीच दौत्य सम्बन्ध कायम भएको सन् २०१६ मै ६० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग र थप सम्बन्ध विस्तारका लागि जापान तयार रहेको बताए।