१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025

चट्याङ लागेर बालिकाको मृत्यु



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन् । चट्याङ लागेर घाइते दीपिकालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायब निरीक्षक युवराज पाण्डेले बताए ।

तिलोत्तमा नगरपालिका–१७ मा रहेको खेतमा आमासँग घाँस काट्न गएको बेलामा साँझ करीब ५ बजेतिर बालिकालाई चट्याङ लागेको थियो । तत्कालै उपचारका लागि अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै ज्यान गएको प्रहरी नायब निरीक्षक पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार  २ : ३७ बजे