पोखरा । इण्डोनेशियामा हुने १८औँ एशियाली खेलकूदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली आज पोखराबाट त्यसतर्फ प्रस्थान गरेको छ ।
नेपाली प्याराग्लाइडिङ टोलीले इण्डिभिजुअल एक्युरेसी, टिम क्रस कण्ट्री र टिम एक्युरेसीमा महिला÷पुरुष खेलाडीले छुट्टाछुट्टै पदकका लागि प्रतिस्पर्धा गर्नेछ । आज प्रस्थान गर्ने खेलाडीमा विमल अधिकारी ९टिम कप्तान०, विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम, त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ छन् । प्याराग्लाइडिङ खेल आगामी भदौ २ देखि १४ गतेसम्म हुँदैछ ।