गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजी भोली विहानबाट हुने

  बुद्धवीर बाहिङ
2.2k Shares

सोलुखुम्बु । गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको खोजी भोली विहानबाट हुने बताइएको छ । ४ दिनअघि पौडीखेल्ने क्रममा हिमतालमा डुबेर बेपत्ता भएका ३ विद्यार्थीको खोजी गर्न शसस्त्र प्रहरीको गोताखोर टोली गोक्यो हिमताल पुगेको हो ।
हेलिकोप्टरबाट घटनास्थलतर्फ गएको गोताखोर टोली प्रतिकुल मौसमका कारण गोक्यो हिमतालभन्दा तल अवतरण गरेको थियो । शसस्त्र प्रहरी सहायक नीरिक्षक रामचन्द्र खड्काको नेतृत्वमा ५ जनाको गोताखोर टोली ३ घण्टाको पैदल यात्रा गरी गोक्यो हिमताल पुगेको छ ।
उच्च हिमाली क्षेत्रको हिमतालमा आवश्यक पर्ने उपकरण सहित गएका गोताखोर टोलीले हिमतालको गहिराईसम्म पुगी बेपत्ताहरुको खोजी गर्ने बताइएको छ ।
गोक्यो भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ का ३ जना विद्यार्थी शनिबार बिहान पौडी खेल्ने क्रममा हिमतालमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता हुनेमा पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराईली छन् ।
यो पनि पढ्नुहोस ।

हेलचेक्र्याइँले गयो गोक्यो हिमतालमा ३ विद्यार्थीको ज्यान

गोक्यो हिमतालमा बेपत्ता भएका विद्यार्थीलाई खोज्न गोताखोर टोली प्रस्थान

गोक्यो हिमतालमा यसरी बेपत्ता भएका थिए ३ विद्यार्थी [भिडियो सहित]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार