शवको पहिचान खुल्योः पेम्बानोर्बु शेर्पाको शव गोक्यो हिमतालबाट निकालियो

  बुद्धवीर बाहिङ
13.8k Shares

सोलुखुम्बु । गोक्यो हिमतालबाट आज (बुधबार) निकालिएको शबको पहिचान खुलेको छ । विहान पौने १० बजेदेखि खोजी गरेको शसस्त्र प्रहरीको गोताखोर टोलीले २ घण्टापछि हराइरहेका ३ मध्ये पेम्बानोर्बु शेर्पाको शब भेटिएको हो ।

गोक्यो हिमतालमा हराईरहेका ३ मध्ये पेम्बानोर्बु शेर्पाको शब भेटिएको छ । तस्वीरः सशस्त्र प्रहरी बल ।

सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी नायव निरीक्षक रामचन्द्र खड्काको नेतृत्वमा २ जना गोताखोरसहित विपद व्यवस्थापन तालिम प्राप्त कूल ५ जनाको एपीएफ टोली आवश्यक उद्वार सामाग्रीसहित मंगलबार बिहान खोजी तथा उद्वार कार्यको लागि हेलीकोप्टरद्वारा काठमाडौबाट त्यसतर्फ प्रस्थान गरेको थियो ।
सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहितको टोलीले डुवेर वेपत्ता भएका पेम्वादोर्जे शेर्पा र सुमन वराइलीको पनि खोजीकार्य गरिरहेको छ । आज २ बजेसम्म मात्र खोजीकार्य भएको छ । २ बजेपछि पानी परेका कारण खोजी कार्य स्थगित गरिएको छ ।
खोजीकार्य टोलीमा नेपाली सेनाका ५ र नेपाल प्रहरीको ५ जना घटनास्थलमा पुगेका छन् । खोजीकार्य टोलीलाई खुम्बुपासाङल्हामु गाउँपालिका वडा ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले नेतृत्व गरिरहेका छन् ।

गोक्यो हिमतालमा हराईरहेका ३ विद्यार्थीमध्ये पेम्बानोर्बु शेर्पाको शब तालबाट निकाल्दै शसस्त्र प्रहरी बलको गोताखोर टोली । तस्वीरः शसस्त्र प्रहरी बल ।
गोक्यो हिमतालमा हराईरहेका ३ विद्यार्थी खोज्न जाँदै शसस्त्र प्रहरी बलको गोताखोर टोली । तस्वीरः शसस्त्र प्रहरी बल ।

यो पनि हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार