भदौ १२ भित्र बौद्ध जोरपाटी सडकमा खाल्डाखुल्डी नरहने : मन्त्री महासेठ स्थलगत निरिक्षणमा

133 Shares

काठमाण्डौं । बषौं देखि अस्तव्यस्त रहेको बौद्ध जोरपाटी सडक खण्डको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ आज विहान बौद्ध जोरपाटी,स्थित स्थलगत अवस्थाबारे निरिक्षण गरे,सडक निरिक्षणको क्रममा, मन्त्री महासेठले सडकको दुरासय सरकारले बुझे छ र जुन स्थानीयवासीहरुले यातायातमा र आवत जावतमा ठूलो समस्य भोग्नु परेको अवस्था छ , नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मनत्रालय साथै सम्बन्धित निकाय यस प्रति गम्भीर रहेको तैपनि विभिन्न प्रक्रियगत नीतिगत रुपमा सडक विस्तारकार्यमा ढिलासुस्ती भएको बताए ।

निरिक्षणका क्रममा सञ्चाकर्मीहरुको जिज्ञासाको जवाफ दिंदै, मन्त्री महासेठले आगामी भाद« १२ गते भित्र खाल्डाखुल्डी लगायत पूर्णरुपमा सडक निर्माण कार्य सक्नु पर्ने छ साथै बौद्ध जोरपाटी सडकमा खाल्डाखुल्दी नरहने, सो समय सिमाभित्र उक्त कार्य सडक निर्माण जिम्मा लिएका ठेकेदारले निर्माण सम्पन्न गर्नु पर्ने निर्देशन दिईएको सो समयमा काम सम्पन्न नगरे कार्वाही गर्ने जानकारी गराए । त्यसैले भाद« १२ गते पछि स्तानीयवासीहरु सहज रुपमा हिंडडुल गर्न पाउँने सडक निरिक्षणका क्रममा मन्त्री महासेठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार