सोलुखुम्बु । एक सातादेखि गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजीमा सक्रिय गोताखोर टोलीका सदस्यलाई अत्याधिक चिसोका कारण समस्या भएको छ । उच्च हिमाली क्षेत्रमा रहेको हिमतालको पानीभित्र २०/२५ मिटरको गहिराईसम्म गएर बेपत्ता विद्यार्थी खोज्ने क्रममा गोताखोर टोलीका सदस्यलाई अत्यािधक चिसोका कारण समस्य भएको हो ।
गोताखोर टोलीका सदस्यलाई चिसोले समस्या भएपछि आज (शुक्रबार) को खोजीकार्य प्रभावित भएको छ । बुधबार एक जनाको शब निकालेको टोलीले बिहीबार र शुक्रबार दिनभर खोजीकार्य जारी राखे पनि बेपत्ता विद्यार्थीलाई भेट्न सकेनन् ।
सशस्त्र प्रहरी बलको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बुधबार बिहानबाट हिमतालमा बेपत्ता विद्यार्थीको खोजी शुरु गरेका थिए । मौसम प्रतिकुलता भएका कारण गोताखोर टोलीलाई उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहिरी निरीक्षक नवीन राइले बताए ।
भोली (शनिबार) विहान देखिनै पुनः खोजी कार्य शुरु गर्ने, तर हिमतालमा बेपत्ता विद्यार्थी नभेटिए गोताखोरको टोली फर्कने खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए । ‘भोली विहानदेखि मध्यान्हको १२ बजेसमम्म खोज्ने, यदि त्यत्तीबेलासम्म पनि नभेटिए उद्धारमा गएका सबै टोली फर्किने’ वडा अध्यक्ष अधिकारीले भने । उद्धार कार्यमा सशस्त्र प्रहरीका ५, नेपाली सेनका ५ र नेपाल प्रहरीका ५ जनाको टोलीले हिमतालमा बेपत्ता विद्यार्थीको खोजीकार्यमा लागिरहेका छन् । खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु शैक्षिक भ्रमणमा गएका बेला गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा ३ जना विद्यार्थी डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता विद्यार्थी खोज्ने गोताखोर टोलीलाई अत्याधिक चिसोले सतायो
शनिबार मध्यान्हको १२ बजेसम्म पनि बेपत्ता विद्यार्थी नभेटिए गोताखोर टोली फकर्ने
4.7k
Shares