काठमाडौं । महाकुलुङ सरोकार समाजले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाबाट एसईई उत्तीर्ण विद्यार्थीलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । वि.सं. २०७५ सालमा महाकुलुङ गाउँपालिकाबाट एसईई उत्तीर्ण ४० जना विद्यार्थीलाई काठमाडौंमा सम्मान गरिएको हो ।
सोलुखुम्बु प्रतिनिधी सभाका सदस्य हेमकुमार राई ‘सुरवीर’ को प्रमुख आतिथ्यतामा विद्यार्थीलाई सम्मान गरिएको थियो । महाकुलुङ गाउँपालिकाका ३ माध्यमिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने ५ जना विद्यार्थीलाई नगद सहित प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।
सगरमाथा मावि बुङबाट उत्कृष्ट विद्यार्थी नित्र कुलुङ र गुदेल माविबाट समान जिपिए ल्याउदै उत्कृष्ट नतिजा ल्याएका कला कुलुङ, सम्झाना कुलुङ र एलिसा कुलङलाई ५ हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी छेस्काम माविका कृतिका कुलुङले महाकुलुङ गाउँपालिका भित्र सबैभन्दा उत्कृष्ट नतिजा ल्याएकाले ७ हजार नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो ।
महाकुलुङ सरोकार समाजका अध्यक्ष शुक्रमणी राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, उपाध्यक्ष विपना कुलुङ, वडा नं. १ का वडा अध्यक्ष विकास राई, २ का वडा अध्यक्ष प्रदिप कुलुङ, ४ का वडा अध्यक्ष जयकुवीर कुलुङ, नेपाली कांग्रेस सोलुका नेता सूर्य कुलुङ राई र भलाकाजी कुलुङ, नेकपाका नेता गञ्जकुवीर राई, अर्जुन कार्की, नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान केन्द्रका अध्यक्ष चन्द्रसिङ कुलुङ, गुदेल शेर्पा किदुकका उपाध्यक्ष दावा शेर्पा, अनेरास्ववियु सोलुखुम्बुका सचिवालय सदस्य तेञ्जी शेर्पा लगाएत २ सय भन्दा बढी विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
महाकुलुङ गाउँपालिकाबाट एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
329
Shares