लुक्ला दुरसञ्चार कार्यालयमा सेवाग्राहीले लगाए ताला [भिडियो सहित]

  बुद्धवीर बाहिङ
721 Shares

सोलुखुम्बु । नेपाल टेलिकम लुक्ला दुरसञ्चार कार्यालयमा सेवाग्राहीले ताला लगाएका छन् । लामो समयदेखिको मागलाई वेवास्ता गरेको भन्दै लुक्ला बजारका सेवाग्राहीले दुरसञ्चार कार्यालयमा ताला लगाएका हुन् ।

नेपाल टेलिकम लुक्लाबाट नागरिकले पाउने सेवा प्रभावकारी नभएको भन्दै ‘एक व्यक्ति, एक ताला’ लगाएका हुन् । दुरसञ्चार कार्यालयले लुक्ला बजार, चौंरीखर्क आसपासमा सेवा दिँदै आएको छ । लामो समयदेखि स्थानीय सरकार, दुरसञ्चार कार्यालय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदा समेत वेवास्ता गरेकाले ताला लगाएको स्थानीय जितेन्द्र वस्नेतले बताए । ‘हामीले सम्बन्धित निकायलाई लामो समयदेखि झकझकाएकै हो, तर उहाँहरुले वास्ता गर्नु भएन, त्यसैले ताला लगाउन बाध्य भयौं’ बस्नेतले भने ।
जबसम्म दुरसञ्चार लुक्लाको सेवा प्रवाह सन्तोषजन हुँदैन त्यो बेलासम्म ताला नखोलिने स्थानीय सन्तोष तामाङले बताए । ‘नागरिकलाई सेवा दिन बसेपछि त राम्रोसँग दिनु पर्यो नी, जागिर खान मात्र कर्मचारी बस्ने हो भने त्यो हामीलाई चाहिदैन’ स्थानीय तामाङले भने ।

पटक पटक ध्यानाकर्षण पत्र बुझाउँदा पनि कुनै मागको सम्बोधन नभएपछि स्थानीयले ताला लगाएको बताएका छन् । स्थानीयले दुरसञ्चार कार्यालयको ढोकामा १५ भन्दा बढी ताला लगाएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार