भद्रपुर । पूर्वकै पशुपतिपनाथ मन्दिरको रुपमा परिचित अर्जुनधारा नगरपालिकाको अर्जुनधारा जलेश्वर धामको पोखरीका माछा मरेका छन् ।
जलेश्वर धाममा साउनको अन्तिम सोमबार आएका एक लाख बढी भक्तजनले चढाएको फूलपाती, दूधलगायतका सामग्रीको कारण माछा मरेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए । पोखरीका एक हजार बढी माछामा आधा मरेको उहाँको भनाइ छ । मरेको माछा पोखरीबाट निकाल्ने काम भइरहेको छ ।
–