सोलुखुम्बु । नेपाल टेलिकम दुरसंञ्चार शाखा कार्यालय लुक्लामा स्थानीयबासीले लगाएको ताला १ दिन नबित्दै खुलेको छ । नेपाल टेलिकम क्षेत्रिय कार्यालय र केन्द्रीय कार्यालयबाट माग सम्बोधन गर्ने लिखित पत्र प्राप्त भएपछि ताला खुलाईएको हो ।
सेवा प्रभावकारी नभएको भन्दै लुक्लाबासीले लगाएको ताला बुधबार साँझ खुलेको स्थानीय जितेन्द्र बस्नेतले बताए । टेलिकमले पठाएको पत्रमा ‘प्राविधिक सहितको उपकरण पठाईसकेकाले केही दिनमा नै समस्या हल हुने, टेलिफोन लाईनहरुमा एडीएसएल सेवा प्रदान गर्ने र नयाँ जडान हुने ट्टङ्कबाट सेवामा थप सुधार एवं क्षेत्र विस्तार गरिने’ उल्लेख गरिएको छ ।
नेपाल टेलिकमले लिखित पत्रमा उल्लेख गरेका विषयमा बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने लुक्लाका नागरिकहरुले बताएका छन् । भरपर्दो र प्रभावकारी सेवा नदिएको भन्दै लुक्लाबासीले मंगलबार दिउँसो ‘एक व्यक्ति एक ताला’ लगाएका थिए ।
लुक्ला दुरसञ्चारमा लगाएको ताला १ दिनमै खुल्यो
259
Shares