किराती समुदायलाई उपेक्षा गरेका कारण सोलुमा कांग्रेस हार्यो : नेता कुलुङ

798 Shares

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुका युवा नेता सूर्य कुलुङले सोलुमा किराती समुदायलाई उपेक्षा गरेका कारण नेपाली कांग्रेस पराजित भएको बताएका छन् । महाकुलुङ काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै नेता कुलुङले सोलुमा किराती समुदायलाई केहि कांग्रेसका नेताहरुले पटक पटक उपेक्षा गरेका कारण यसपटक नराम्रोसँग पराजित भएको बताएका हुन् ।

महाकुलुङ गाउँपालिकाबाट काठमाडौं आएर बसोबास गरेका नेपाली कांग्रेस सम्बद्ध कुलुङहरुको भेलाले स्थानीय सरकारको राकारात्म र विकासे कामलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जनभावना विपरित र पार्टीकणर गरिएको कुनै पनि विकासे कामको विरोध गर्ने पनि भेलाले निर्णय गरेको छ ।
भेलालाई नेपाली कांग्रेस सम्बद्ध महाकुलुङ गाउँपालिका नेताहरु भलाकाजी कुलुङ, कपिल कुलुङ, हेवीधन कुलुङ, टार्जन कुलुङ, मनकुमार कुलुङले सम्बोधन गर्दै विगतलाई पाठको रुपमा लिएर महाकुलुङको जनता र पार्टीलाई मजबुत बनाउनको लागि सदा लागि पर्नु पर्ने बताएका छन् ।

भेलाले महाकुलुङ गाउँपालिका नेपाली कांग्रेसको ईकाई समिति गठन गर्ने बारेमा पनि छलफल गरेको थियो । महाकुलुङ काठमाडौं सम्पर्क समितिको प्रत्येक २ महिनामा बैठक बस्ने निर्णय पनि गरेको छ । भेलामा महाकुलुङबाट काठमाडौंमा आएर बसोबास गरेका नेपाली कांग्रेस सम्बद्ध कुलुङहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार