तायाहाङमाको ‘मौलिक हाम्रो पहिचान’ साकेला गीतको म्युजिक भिडियो छायांकन

301 Shares

काठमाडौं । चर्चित गायिका, गीतकार तथा संगीतकार तायाहाङमा राईले साकेला गीत ‘मौलिक हाम्रो पहिचान’ बोलको म्युजिक भिडियो गीतको छायांकन गरेका छन् । किरात माङखिम सानो हातिवनमा साकेला गीतको म्युजिक भिडियोको छायांकन गरिएको हो ।

कोरियामा रहेर नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै आएका चन्द्र लामा ‘अनुराग’ को शब्दरचनालाई शिवसंगम राईले संगीत भरेका छन् । रचनाकार लामा विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरियाका अध्यक्ष समेत हुन् ।
शब्दरचनाकार लामा आफू गैर किरात भएर पनि किराती सँस्कार, सँस्कृतिमा आधारित गीत लेखेका छन् । साकेला गीतको म्युजिक भिडियो पनि लामाले नै निर्माण गरेका हुन् । गायिका राईको ‘कान्छी’ गीति एल्बममा रहेको उक्त गीतको एरेञ्ज सुन्दर लामाले गरेका हुन् ।
म्युजिक भिडियोमा किरातीम्मा गायन समूहका गायिका पार्वती राई, सरला राई, कला राई, बेनुका राई, राधा राई, मेनुका राई, ममता राई, निलमरोजु राईले अभिनय गरेका छन् । साथै किरातीम्पाहरु गायक तथा संगीतकारहरु रुप कुमार राई, राई नविन र शिवसंगम राईको पनि दमदार अभिनय रहेको छ । त्यसैगरी रेवत राई, देवेश राई, दिपेश चाम्लिङ, विनोदविक्रम राई, नरेन्द्र राई र नक्छुङ प्रेम राई तथा गायिका तायाहाङ्मा राईले पनि अभिनय गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन गायिका राईले नै गरेकी हुन् । म्युजिक भिडियोको सम्पादन चाडै सकाएर बजारमा ल्याउने पनि गायिका तथा निर्देशक तायाहाङमा राईले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार