३ आइफोनसँगै २ आइप्याड ल्याउँदै एप्पल

175 Shares

एजेन्सी । आइफोन निर्माता कम्पनी एप्पलले यो वर्ष ३ नयाँ आइफोन लञ्च गर्ने समाचार लामो समयदेखि नै चर्चामा रहँदै आएको छ । सन् २०१८ को अन्त्यतिर एप्पलले नयाँ आइफोन लञ्च गर्ने सम्भावना छ ।

हालै सार्वजनिक एक नयाँ खबर अनुसार एप्पलले यो वर्ष केवल नयाँ आइफोन मात्र होइन, २ नयाँ आइप्याड ट्याबलेट पनि लञ्च गर्न सक्नेछ । प्रो सिरिजको रुपमा यी आइप्याड लञ्च हुनेछन् । एप्पलले यो वर्ष आफ्नो आइप्याड मिनी अपडेट नगर्ने बताइएको छ । यद्यपि यो वर्षको अन्त्यसम्म नयाँ १२.९ इन्च तथा ११ इन्चवाला नयाँ आइप्याड लञ्च भएसँगै विद्यमान ७.९ इन्चवाला आइप्याड मिनी बजारमा रहिरहनेछ ।
नयाँ ११ इन्चको आइप्याड प्रोले १०.५ इन्चको मोडेललाई प्रतिस्थापन गर्नेछ । यो डिभाइसको स्क्रिन साइज केही ठूलो हुनसक्नेछ । नयाँ आइप्याड प्रोमा फास्ट चार्जिङका लागि युएसबी टाइप सी सपोर्ट पनि हुनेछ । यी दुवै आइप्याड ट्याब्लेटसँगै केही अन्य डिभाइस पनि एप्पलले लञ्च गर्नसक्नेछ ।
समाचार अनुसार एप्पलले इन्ट्री लेभल म्याकबुक सिरिज तथा बहुप्रतिक्षित एयरपावर वायरलेस चार्जर लञ्च गर्न सक्नेछ । एप्पलका दुबै आइफोनले सामसुङको ग्यालेक्सी नोटले जस्तै स्टाइलस सपोर्ट टेक्नोलोजीयुक्त हुनेछन् । साथै ओएलइडी स्क्रिन तथा एप्पल पेन्सिलबाट पनि चलाउन मिल्नेछ । यो फिचर अहिले केवल आइप्याडमा मात्र सीमित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार