क्यानको बजेट ४५ अर्ब १७ करोड

112 Shares

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५/७६ का लागि कूल ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५ सय ५३ बजेट विनियोजन गरेको छ । क्यानले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रमअनुसार चालू आवमा ५ अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने लक्ष्य लिएको हो ।

विमानस्थल शुल्कबाट २ अर्ब ३४ करोड ७ लाख आम्दानी गर्ने योजना छ । क्यानको स्वीकृत बजेटमध्ये पूँजीगतर्फ ३४ अर्ब २५ करोड र कार्यालय सञ्चालनतर्फ ३ अर्ब ८६ करोड रहेको छ । चालू आवको बजेट स्रोतअन्तर्गत प्राधिकरणको २४ अर्ब ३२ करोड ५७ लाख र सरकारबाट ऋण अनुदान र शेयर लगानीसमेत गरी २० अर्ब ८५ करोड रहेको छ । यसमध्ये ७ अर्ब ५२ करोड ३१ लाख शेयर लगानीमा, ११ अर्ब ८२ करोड ६९ लाख ऋण र एक अर्ब ५० करोड अनुदानमा आउने अपेक्षा लिएको क्यानले जनाएको छ ।
७ विमानस्थल नाफामा
क्यानले सञ्चालन गरेका विमानस्थलमध्ये त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले गत आवको सञ्चालन नाफा ५ अर्ब ८१ करोड छ । योसहित सात विमानस्थल मात्र नाफामा छन् बाँकी सबै घाटामा चलिरहेका छन् । पोखराको ३ करोड ६५ लाख कमाएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार लगानी गरेको हिसाबले सबै घाटामा भए पनि बजेट विनियोजन र लगानीको आधारमा हेर्दा सात वटा विमानस्थल मात्रै नाफामा छन् । सबैभन्दा बढी जनकपुर १ करोड ८० लाख घाटामा गएको छ ।
क्यानले सबैभन्दा बढी खर्च जग्गा खरीद बिक्रीमै गरेको छ । गत आवमा १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार २ सय १२ खर्च भएको छ । गौतमबुद्ध विमानस्थलमा ९ अर्ब खर्च क्यानको बजेट खर्चको हिसाबले आव २०७४/०७५ को असार मसान्तसम्ममा सबैभन्दा बढी गौतमबुद्ध विमानस्थल सुदृढीकरण आयोजनामा ९ अर्ब बढी खर्च भएको छ । जसमा ८ अर्ब ९५ करोड जग्गा अधिग्रहणमा खर्च भएको छ ।
डेढ अर्ब बढी राजश्व
क्यानले गत आवमा लाभांशबापत १ अर्ब ६३ करोड ५६ लाख सरकारलाई राजश्व तिरेको छ । ब्याज भुक्तानीमा २२ करोड ७६ लाख र सावा भुक्तानीमा ३० करोड ८३ लाख, आय करमा ५३ करोड र मूल्यअभिवृद्धि करमा ५४ करोड तिरेको छ ।
पत्रकार सम्मेलनमा क्यानका महानिर्देशक सञ्जीव गौतमले त्रिभुवन अन्तराष्ट्रि विमानस्थलको स्तरोन्नति, निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल तथा हवाई प्रविधि तथा गुणस्तरीय जनशक्ति उत्पादनमा विशेष ध्यान दिइएको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार