स्वास्थ्य चौकी भवन निर्माण गर्न हङकङमा च्यारिटी डिनर

  बुद्धवीर बाहिङ
322 Shares

काठमाडौं । मिसेस हङकङ नेपालले मकवानपुर जिल्लाको कैलाश नगरपालिका भार्तास्थित चेपाङ बस्तीमा स्वास्थ्य चौकी भवन निर्माण गर्नको लागि हङकङमा च्यारिटी डिनर गरेको छ । सन् २०१८ का मिस नेपाल श्रृंखला खतिवडाले शुरु गरेको योजनामा मिसेस हङकङले च्यारिटि डिनरको आयोजना गरेको हो ।

च्यारीटि डिनरबाट उठेको रकम मिस नेपाल खतिवडा मार्फत चेपाङ बस्तीमा बन्न लागेको स्वास्थ्य चौकी भवन निर्माणको लागि प्रदान गरिने कार्यक्रम संयोजक पविता पुमा राईले बताए । चेपाङ समुदायलाई आधारभूत स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भनेर स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको हो । लोपोन्मुख अवस्थामा रहेको चेपाङ समुदायका मानिसमा जनचेतना र अशिक्षाका कारण वर्षेणी अकालमै मृत्यु हुनेको संख्या बढिरहेको छ ।
कार्यक्रम मिसेस हङकङ नेपाल टिमको आयोजनामा भएको हो । नेपाली महिला संघ हङकङले कार्यक्रम व्यवस्थापन तथा संयोजनमा सहयोग गरेको थियो । कार्यक्रमको संयोजन प्रथम मिसेस हङकङ नेपालका पविता पुमा राईले गरेका थिए । कार्यक्रममा हङकङमा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार