ओखलढुंगा । चिसंखुगढी गाउँपालिका वडा नं. ८ माम्खाकी क्यान्सर पीडित बालिका मिसना राईको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । स्थानीय राम र लक्ष्मण राईले २० हजार सहयोग गरेका छन् । यस्तै जीतबल राईले १० हजार सहयोग गरेको बताइएको छ । उक्त रकममा पूर्व सांसद हर्कबोल राईले २ हजार थप गरि ३२ हजार रकम पीडितका परिवारलाई हस्तान्तरण गरे ।
यस्तै मिसनाको उपचारका लागि भोला बाहिङले पनि यस अघि ४७ हजार नगर सहयोग गरेका थिए । पीडितका परिवारले उपचारमा समस्या भएकाले सहयोगको अपिल गरेको छ । बालिकाको क्यान्सर अस्पताल भक्तपुरमा उपचार भइरहेको छ ।