‘जनअधिकारप्रति प्रदेश ५ को सरकार प्रतिबद्ध छ’ : मुख्यमन्त्री पोखरेल

21 Shares

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान सरकार देशको समृद्धि, न्याय तथा जनअधिकारप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखलेरले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निरन्तर लागिपरेको भन्दै जनताका अधिकारलाई सुनिश्चित गर्दै जाने बताए ।
मन्त्री पोखरेलले देशमा अस्थरिता चाहनेले सरकारले गरेका राम्रा कामको विरोध गरेको बताउँदै जनतामा निराशाको हल्ला फिँजाएर आफू राम्रो बन्न खोजेको आरोप लगाए । करको विषयलाई लिएर सरकारको अनावश्यक आलोचना भइरहेको भन्दै उनले निम्न आय भएकाका लागि सरकारले करमा छुट दिएको र शिक्षा, स्वास्थ्यजस्ता विषयमा कर नै नलगाएको स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार