गायिका मनिताको तेस्रो गीत ‘पर्दैन तारा खसाउनु’ सार्वजनिक

  बुद्धवीर बाहिङ
252 Shares

काठमाडौं । गायिका मनिता चाम्लिङ राईको आवाजमा रहेको ‘पर्दैन तारा खसाउनु’ बोलको गजल गीत सार्वजनिक भएको छ । मेरो अनलाईन टेलिभिजनको युट्युब च्यानलबाट गायिका राईको तेस्रो गजल गीत सार्वजनिक भएको हो । गजल गीतका शब्दहरु निक्कै कर्णप्रिय र मर्मस्पर्शी छन् । बाध्यताकाबीचमा पनि पाईला नरोकी अगाडि बढेर शिखर चुम्न आग्रह गरिएको छ । विवशताले रोकिएको मान्छेलाई नपर्खि, आकाश र धर्तीमा छुटिएको सम्झिदै शिखर चुम्न प्रेमीकाले प्रेमीलाई शब्दरुपी भावमा आग्रह गरेका छन् ।

कर्णप्रिय गजल गीतको शब्दरचना सुनिलदिप्त राईले गरेका छन् । गीतलाई हरी लम्सालले संगीत दिएर मर्मस्पर्शी बनाएका छन् । गजल गीतमा गायिका मनिता चाम्लिङ राईले सुमधुर आवाजमा गायिकी छन् । सोलो एल्बमको तयारीमा रहेकी मनिताले एल्बमको तेस्रो गीतको रूपमा ‘पर्दैन तारा खसाउनु’ रेकर्ड गरेको रचनाकार सुनिलदिप्त राईले बताए ।
नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका राईको सुमधुर आवाजले लाखौं दर्शक, स्रोताको मन जितिसकेको छ । ‘मेरो पहिलो गीत सार्वजनिक हुने बित्तिकै धेरै दर्शक, स्रोताहरुले दिएको माया, हौसला र साथका कारण आजसम्म म निरन्तर रुपमा यही क्षेत्रमा लागि रहेकी छु’ गायिका राईले भने, ‘उहाँहरुको माया, साथ र हौसलालाई लत्याएर म अन्य क्षेत्रमा जान सक्दिन, निरन्तर नेपाली सांगीतिक क्षेत्रमा लागिरहने छु ।’
कर्णप्रिय गजल गीतलाई आर्यन खड्काले स्टुडियोमा छायांकन गरेका छन्, भने, मिक्सिङ चन्द्र चौधरीले गरेका हुन् । ‘नजर के जुधेको थियो’ बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा पाईला टेकेकी गायिका राईले ‘सिरुपाते खुकुरीको’ हुँदै तेस्रो गीतको रुपमा ‘पर्दैन तारा खसाउनु’ गजल गीत दर्शक, स्रोता र शुभचिन्तक माझ ल्याएका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार