राजविराजमा पिसाब घर निर्माण

91 Shares

राजविराज । सर्वसाधारणलाई कठिनाइ भइरहेको अवस्थामा राजविराज नगरपालिकाले नगरको छ स्थानमा पिसाब घर निर्माण गरेको छ ।
सप्तरी जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेको अवस्थामा नगर क्षेत्रभित्र पिसाब घर निर्माणका लागि आव ०७४/७५ को नगर सभाबाट पाँच लाख रकम विनियोजन गरी ती घर निर्माण गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।

सफा नगर राख्ने उद्देश्यका साथ गत आवमा पारित योजनालाई नै चालु आव ०७५/७६ मा सारेर राजविराजस्थित रङ्गशालाको पश्चिमतर्फ ढोकाको छेउ, पश्चिम बस बिसौनी छेउ, नगरपालिकाको उत्तरतर्फ सडक खण्डस्थित भगवती पोखरीको छेउमा, पुरानो बारुणयन्त्रको पश्चिमतर्फको सडक खण्ड, पवि माविको खेल मैदान र कुनौली मोडस्थित अञ्चल अस्पताल छेउमा गरी छ स्थानमा पिसाब घर निर्माण गरिएको उनले बताए ।
राजविराजको मुटु मानिने गजेन्द्र चोक र दर्शन चोकमा पिसाब घर निर्माणका लागि प्रयास भइरहेको र सर्वसाधारणको बढी चाप हुने अन्य स्थानमा पनि निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिँदै नगरप्रमख यादवले ती स्थानमा पानीका लागि ट्याङकी निर्माण, सरसफाइ, हेरचारलगायतका कामहरु आउँदा दिनमा गरिने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार