काठमाडौं । संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगीता ‘द भ्वाइस अफ नेपाल’ युट्युबमा अपलोड गरिएको १० घण्टामै ट्रेन्डिङमा परेको छ । शनिबारबाट शुरु भएको ‘द भ्वाइस अफ नेपाल’मा मोबाइल एफ मार्फत डिजिटल अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुले ब्लान्ड अडिसन दिएका हुन् ।
पहिलो ब्लान्ड अडिसनबाट शुरु भएको द भ्वाइस अफ नेपालमा जजहरुको अगाडि प्रतियोगीले आफ्नो प्रस्तुती दिनेछन् । जजहरुले प्रतियोगीको प्रस्तुतीलाई मन पराए आफ्नो रोटारिङ चेयरमा राखेको बटम थिचेर ‘आइ वान्ट यू’ भनेपछि प्रतिस्पर्धीले मन परेको कोचलाई छानेर ग्रुपमा सामेल हुनु पर्नेछ ।
बाटेल राउण्ड जाने एउटै ग्रुपमा दुई जना प्रतिस्पर्धीले एउटै गीत गाउँनेछन्, र कोचले उत्कृष्ट गाउँने एक जनालाई अगाडि लैजाने छन् । द भ्वाइस अफ नेपालको विभिन्न रमाइलो चरणहरु पार गर्दै ४ जना कोचहरुबाट छानिएका १÷१ जना प्रतिस्पर्धीबीच फाइनल हुनेछ ।
द भ्वाइस अफ नेपालको टाइटल विजेताले २५ लाख नगद सहित ब्राण्डेड कार, २० लाख बराबरको म्मुजिक एल्बम कन्ट्रयाक्ट र वल्ड टुरमा जाने अवसर पाउने छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।