भीमदत्त नगरपालिकाले निर्मलाका परिवारलाई ३ लाख दिने

98 Shares

कञ्चनपुर । भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई ३ लाख सहयोग गर्ने घोषणा गरेको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गरेका हुन् ।

फाईल तस्वीर ।

यसअघि भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकबाट पन्त परिवारलाई आवश्यक सहयोग गर्ने निर्णय गरिएको थियो । नगर प्रमुख विष्टले निर्मलाका परिवारलाई नगरपालिका कार्यालयबाट ३ लाख सहयोग दिइने जानकारी दिए ।
निर्मलाको हत्यामा संलग्नलाई छिटो कानूनी दायरामा ल्याएर कारवाही गरिनुपर्ने नगर प्रमुख विष्टले बताए । नगर प्रमुख विष्टले निर्मला हत्याको अनुसन्धानमा भीमदत्त नगरपालिकाबाट हुने सबै सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा गोली लागेर ज्यान गुमाएका शनि खुनाका परिवारलाई पनि शनिबार ३ लाख सहयोग गर्ने घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार