तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना

77 Shares

दाङ । तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको आइतबार उदघाटन गरेका हुन् ।

स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दुधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुने भएको छ । २ लाखको लागतमा निर्माण गरिएको सो कक्षमा सुतेर बच्चालाई दूध खुवाउनको लागि पलङसहितको बेड, बस्नको लागि सोफा समेत राखिएको छ ।
उपप्रमुख आचार्यले स्तनपान कक्ष स्थापनासँगै तुलसीपुर उपमहानगरपालिकालाई नमूना स्मार्टसिटीको रुपमा विकास गर्न थप मद्दत मिल्ने बताए । त्यस अवसरमा १० जना सुत्केरी सेवाग्राही महिलालाई न्यानो कपडा र झोला समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार