एकफुक्का फिरिङ्गी र तीनफुक्का बाहुन

Facebook Debugger

हो, नेपालमा अबका दिनमा तपाईँ हामीले जुनसुकै विषयमा छलफल वा बहस गर्दा जातका कुरोचाहिँ नगरौ ल ! अरु कुरो जत्ति पनि गरौं । तर, जातका कुरोचाहिँ एक रत्ति पनि नगरौं ल ! किनभने हिजोसम्म जातको कुरो नगर्दा नेपालमा कस्तो राम्रो भाइचारा थियो ! शान्ति थियो ! अमन चैन थियो ! त्यसमाथि तत्कालीन राजा वीरेन्द्रले नेपाल भन्ने देशलाई शान्ति क्षेत्र घोषित गरियोस् भनी प्रस्ताव के राखेका थिए, विश्वका एक से एक देशले तत्कालै ह्वार–ह्वार्ती समर्थन गरेका थिए ! भलै छिमेकी देश भारतले समर्थन पनि गरेन, विरोध पनि गरेन ! अन्त त्यो बेला नेपाल भन्ने हाम्र्रो देश कस्तो चिटिक्क परेको थियो ! शान्त थियो ! विशाल पनि थियो । अन्त आज हेर, फिरिङ्गीहरुले गर्दा सबै बर्बाद भो । हिजो एउटा भएको नेपाल देश आज सातवटा भएको छ ! यसरी फिरिङ्गीहरुले हामी नेपाली (बाहुन–क्षेत्रीबाहेक !) सीधा–साधा आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलित आदिको कान फुकेर र, पैसा (हरियो डलर) दिएर देशै तहसनहस पारे !

हुन पनि हिजो (फिरिङ्गीहरुले कान नफुक्दा) सम्म को मधिसे ?, को आदिवासी ?, को जनजाति ?, को महिला ?, को दलित ?, को मुस्लिम ?, को पिछडिएको क्षेत्रका जनता ?, को तेस्रो लिंगी ?, को अन्धा ?, को अपाङ्ग ?, को लंगडो ?, को बहिरो ?, को सुस्त मनस्थिति ?, को बहुला ?, को सज्जन ?, को लाटो ?, को बाठो ?, को बुङ्गो ?, को लठेब्रो ?, को अप्ठेरो ?, को सफ्ठेरो ?, को होचो ?, को पुड्को ?, को अग्लो ?, को सग्लो ?, को हली ?, को गोठालो ?, को खेतालो ?, को श्रमजीवी ?, को कामचोर ?, को भरिया ?, को करिया ?, को कमैया ?, को हरुवा ?, को चरुवा ?, को बैठके ?, को हुक्के ?, को दाम राखेर स्वस्ती गर्ने ?, को दाम नराखी स्वस्ती गर्ने ?, को फटाहा ?, को लुटाहा ?, को इमान्दार ?, को बेइमान ?, कुन नेता सिल्लीवाला ?, कुन नेता बिल्लीवाला, कुन नेता दिल्लीवाला ?, कुन नेता विदेशीको स्वार्थ अनुसार गाउने ?, कुन नेता आफ्नो छोरा–छोरी र नाति–नातिनालाई छात्रवृद्धि दिलाउन विदेशी दूतावास धाउने ?, कसैलाई कुनै मतलबै थिएन । यसो गम्नोस् त ! हिजो जे थियो, हामी बाहुन–क्षेत्रीहरुका लागि एकलौटी थियो । सबै नेपाली थिए । सक्कि गो !
तर, आज हेर, हामी बाहुन–क्षेत्रीहरुका लागि ‘के भनौं र खोई, तिमी हाँस पो म बसौंला रोई !’ भनेझैं भएको छ । यो सब गर्ने को हुन् ? अन्त हामी (बाहुन–क्षेत्री) लाई अच्छासँग थाहा छ । यो सब गर्ने फिरिङ्गीहरु नै हुन् । नत्र भने माथि नै उल्लेख गरिएभैंm हिजोसम्म को मधिसे ?, को आदिवासी ?, को जनजाति ?, को महिला ?, को दलित ?, को मुस्लिम ?, को पिछडिएको क्षेत्रका जनता ?, को तेस्रो लिंगी ?, को अन्धा ?, को अपाङ्ग ?, को लंगडो ?, को बहिरो ?, को सुस्त मनस्थितिको ?, को बहुला ?, को सज्जन ?, को लाटो ?, को बाठो ?, को बुङ्गो ?, को लठेब्रो ?, को अप्ठेरो ?, को सफ्ठेरो ?, को होचो ?, को पुड्को ?, को अग्लो ?, को सग्लो ?, को हली ?, को गोठालो ?, को खेतालो ?, को श्रमजीवी ?, को कामचोर ?, को भरिया ?, को करिया ?, को कमैया ?, को हरुवा ?, को चरुवा ?, को बैठके ?, को हुक्के ?, कसैलाई केही मतलब थिएन । न त त्यो बेला कसैलाई संघीयता नै चाहिएको थियो । त्यति मात्रै होइन, संघीयता भनेको कुन चरीको नाम हो ? कसैलाई थाहै थिएन । त्यस्तै धर्म निरपेक्षताको कुरो, समानुपातिक समावेशीको कुरो, भाषिक अधिकारको कुरो, जातीय अधिकारको कुरो, धार्मिक अधिकारको कुरो, महिला अधिकारको कुरो, मानवअधिकारको कुरो कुन चरीको नाम हो ? हामी बाहुन क्षेत्रीबाहेका अरुलाई सायदै कसैलाई थाहा थियो ? र, साँचो कुरो भन्ने हो भने, यी सबै कुरोबारे कसैलाई कुनै मतलबै थिएन !
हुन पनि ऊ जमानामै हाम्रा परम र प्रिय पितामह राममणि आदी (आचार्य पनि दीक्षित पनि !) ले भनेझैं यी पर्वते, स्वाँठे, भुस तिघरेहरुलाई केही थाहा पत्तो थिएन ! तर, आफ्नैभित्र कुलंंघार जन्मेपछि कसको बाबुको के लाग्छ र ? किनकि यी पर्वते, स्वाँठे, भुस तिघरेहरुलाई बाठो–टाठो बनाउने र उकास्ने काम पनि हामै (बाहुनकै) बच्चो पुष्पकमल दाहाल उर्फ ‘प्रचन्ने’ भन्ने मनुवा न हुन् ! हामीलाई थाहा नभाको कहाँ हो र ! प्रचन्ने भन्ने यी कुलंघार र उनका आप्mना केही हनुमान र सेनामेनाका साथ २०५१ सालतिर कुन्नी केके जाती युद्ध गर्ने भनेर जंगल पसीरथे ! अन्त उनको माओवाद र सर्वहारावादले २०५७÷०५८ सालसम्म कुनै खालो नसारेपछि, माखो नमोपछि मधिसे, आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र, तेस्रो लिंगी, अन्धा, अपाङ्ग, लंगडो, बहिरो, सुस्त मनस्थिति, बहुला, सज्जन, लाटो, बाठो, बुङ्गो, लठेब्रो, अप्ठेरो, अप्mठेरो, सफ्ठेरो, होचो, पुड्को, अग्लो, सग्लो, हली, गोठालो, खेतालो, श्रमजीवी, कामचोर, भरिया, करिया, कमैया, हरुवा, चरुवा, बैठके, हुक्के सबका सबलाई आत्मनिर्णयको आधिकारसहित स्वायत्त राज्य दिन्छु ! भनी प्रलोभनमा पार्न सफल भए । त्यति मात्रै होयन, उनीहरुलाई दावानलमा होम्न पनि सफल भए । नत्रभने, त्यो बेलासम्म यो देशमा कसैलाई संघीयता, भाषिक अधिकार, धर्म निरपेक्षता, समानुपातिक समावेशीता, सहभागिता, अरु पनि कुन्नी केके जाति … चाहिएको थियो ? थिएन । तर, हामी बाहुन क्षेत्रीहरुले आत्मा साक्षी राखेर भित्री मनले भन्ने हो भने, त्यो बेला पुष्पकमल दाहाल उर्फ ‘प्रचन्न भन्ने मनुवा पनि आखिर ‘बाहुन नै हुन्’ यिनलाई कुनै न कुनै बेला ट्रयाकमा ल्याउन सकिन्छ भन्ने हामीले सोचेका थियौं । आखिर भयो त्यस्तै ।
तर, २०६४÷०६९ ताका घटित राजनैतिक माहौलले यी प्रचन्ने भन्ने मुन्छे आप्mनै कुलको भए तापनि मनुवा नभएर ‘जन्तु’ नै पो हुन् कि ? यिनी पनि आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, पिछडिएको क्षेत्र, तेस्रो लिंगी आदि भनिने पर्वते, स्वाँठे, भुस तिघरेहरु जस्तै साँच्चै फिरङ्गीहरुको हरियो डलरमा बिकेका पो हुन् कि ? भन्ने लागेको थियो । तर, कसो–कसो डाक्टर बाबुराम भट्टराईको पुच्छर समातेर पहिलो संविधानसभा नै विघटन गराउन सफल भएपछि हामीले प्रचन्नेलाई ट्रयाकमा ल्याउन सफल भयौं ! हुन पनि यिनै प्रचन्ने भन्ने मनुवाले १० वर्षे जनयुद्धको माध्यमबाट ‘कुनामा बसेर दुनामा खाइरहेका’ पर्वते, स्वाँठे, भुस तिघरेहरुलाई बाठो बनाउने÷उकास्ने काम गरेका थिए । जसले गर्दा अहिले हामी समग्र बाहनु–क्षेत्रीहरुको टिङटिङे हल्लिरहेको स्थिति छ ! यिनै प्रचन्नेले गर्दा हाम्रो (बाहुन–क्षेत्रीहरुको) ‘पोलिटिकल सुपरमेसी’मा धक्का लाग्न थालेको छ । यी पर्वते, स्वाँठे, भुस तिघरेहरुको पहुँच विस्तारै राजनैकित दल, कर्मचारीतन्त्र हुँदै राज्यसत्तामा पनि पुग्ला पुग्ला ! जस्तो भएको छ ।
यसरी प्रचन्ने नामक कुलंङ्गारले गर्दा पर्वते, स्वाँठे, भुस तिघरेहरुको चेतनास्तर बढ्दै गएकाले आगामी दिनमा अर्को परिवर्तनको बाढी आइहालेमा त्यो परिवर्तनको बाढीले हामी बाहुन क्षेत्रीहरुलाई पनि २०६२÷०६३ को परिवर्तनले तत्कालीन राजा ज्ञनोन्द्र र २ सय ४० वर्षे राजतन्त्रलाई बढारेर लगे जसरी नै बढारेर लाने त होइन ?कहिलेकाही भित्री मनदेखि नै डर लाग्छ । तर, हालसम्म पर्वते, स्वाँठे, भुस तिघरेहरुको ‘कि पर्सन’हरु प्रायः सबै हाम्रै हनुमानगिरी गर्ने र झोलेपोके बन्नमै गर्व गरीरहेकोले र, ठूलो भनिएको प्रायः सबै राजनैतिक दलमा यस्ता हनुमानगिरी गर्ने र झोलेपोकेहरु प्रशस्तै भएकोले यी पर्वते, स्वाँठे र भुस तिघरेहरुले नेपालमा निकट भविश्यमा त्यसरी ठूलो आन्दोलन गर्छन्, राजनैतिक परिवर्तन ल्याउँछन् भनेर रौं बराबर पनि नडराए हुन्छ भनेर अर्को मनले भन्छ । त्यसैले हामी बाहुन–क्षेत्रीहरु डराई हाल्नुपर्ने स्थिति छैन । हुन त हामी बाहुन क्षेत्रीहरुको राष्ट्रियता कस्तो हुन्छ ? भन्ने बारेमा अरुलाई कम र हामीलाई नै बढी थाहा छ । किनभने, कुनै बेला भुटानको दक्षिणी भेगमा (नेपालको मधेस भने जस्तो र, त्यहाँका हिमाली जनता गर्मीमा आएर बस्न नसक्ने हुँदा) सित्तैमा सुन्तला रोप्ने जग्गा पाइन्छ, सुन्तलाको बेर्ना पनि सित्तैमा पाइन्छ भन्ने थाहा पाएपछि नेपाली नागरिकता र राष्ट्रियतालाई तिलाञ्जली दिएर (लात मारेर ?) भुटानतर्फ दौडेर जाने पनि हामी बाहुन क्षेत्रीहरु नै हौं ! त्यस्तै केही वर्षअघि एकजना मदिसेको बच्चो (लालबाबु पण्डित) ले काननु ल्याएरै पीआर र ग्रिनकार्ड लिने काम बन्द गर्दा÷रोक्दा पनि कसले धेरै पीआर र ग्रिनकार्ड लिएको थियो ? घाम जत्तिकै छर्लङ्ग भएको हो भने त्यसो गर्न नदिन कन्धनी कसेर लाग्नेहरु को थिए ? त्यो पनि हमी बाहुन क्षेत्रीहरुलाई मात्रै नभएर अरु सबैलाई प्रष्टसँग थाहा भएकै हो । धन्न ती लालबाबु नामक मदिसेको बच्चोले तीनपुस्ते र जातीय पहिचान खुल्ने गरी ग्रिनकार्ड र पीआरवालाहरुको नाम सार्वजनिक रुपमा प्रकाशित गरेनन् !
यी पर्वते, स्वाँठे, भुस तिघरे लगायतलाई हालसम्म नेपालमा कतिजना प्रधानमन्त्री भए रे ? आईक्यु र जिकेमा प्रश्न गर्ने हो भने प्रश्न भुइँमा खस्न नपाउँदै खर्रर्रर्रर्र … नाम भन्न सक्छन् । साथै उनीहरुले हालसम्म ३८ जनाले लगभग ५८÷५९ पटक नेपालको. कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री हुने अवसर पाए भन्न पनि सक्ने भएका छन् । तर, विचरा ती पर्वते, स्वाँठे, भुस तिघरेहरुलाई ती प्रधानमन्त्रीहरुमध्ये आप्mनो जात वा वर्गको मान्छे भने किन एकजना पनि पर्न सकेनन् ? यस्तो किन र कसरी भयो ? भन्ने बारेमा भने थाहा पाएका छैनन् !
प्रस्टसँग भन्नु पर्दा नेकपा (हाल एमाले र माओवादी एक भैसकेको छ) मा सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, लालबाबु पण्डित, किरण गुरुङ, पार्वत गुरुङ, परशुराम मेघी गुरुङ, डाक्टर विजय सुब्बा, नविना लामा, शेरधन राई, कृपासुर शेर्पा, शेरबहादुर तामाङ, भवानी खापुङ, थममाया थापामगर, सपना मल्ल प्रधान, सत्यनारायण मण्डल आदि रहुञ्जेल त्यस्तै नेपाली कांग्रेसमा रामवरण यादव, कुलबहादुर गुरुङ, इन्द्रबहादुर गुरुङ, धनराज गुरुङ, सीता गुरुङ, रोमी गौचन थकाली, भोटनीदेवी खवास, कुमारी लक्ष्मी राई, लीला बोखिम लिम्बु, नरेन्द्रविक्रम नेम्बाङहरु रहुञ्जेल अनि पूर्व (माके) मा रामबहादुर थापा ‘बादल’, वर्षामान पुन ‘अनन्त’, नन्दबहादुर पुन ‘पासाङ’, देव गुरुङ ‘कान्छाबहादुर’, मातृका यादव ‘शेरसिंह’, ओनसरी घर्तीमगर, गोपाल किराती नामक लठुवा (हाल अलग भैसकेका छन्), प्रभु साह तेली, श्रीप्रसाद जबेगु लिम्बु, सूर्य आङबुहाङहरु उता राप्रपा नेपालमा बुद्धिमान तामाङ, राजेन्द्र लिङदेनहरु एवम् राप्रपा (प्रजातान्त्रिक) मा बबिता मोक्तानहरु रहँदासम्म र, उनीहरुले हाम्रो (बाहुन क्षेत्रीको) ‘हनुमान गिरी’ गरेसम्म र हाम्रो झोलेपोके बन्नमै गर्व गरेसम्म ‘पावर सुपरमेसी’ हामी बाहुन क्षेत्रीमै निहित रहने देखिन्छ !
यसरी हेर्दा २०६८ मा भएको राष्ट्रिय जनगणना अनुसार सम्पूर्ण जनसंख्याको लगभग १२ प्रतिशत रहेको हामी बाहुन र लगभग १७ प्रतिशत रहेको क्षेत्रीहरुले बाँकी लगभग ७९ प्रतिशतलाई अरु केही दशक सजिलैसँग शासन सत्ताको जाँतोमुनी पेली राख्न सफल हुने छौं । हुन पनि २०६२÷०६३ को परिवर्तनपछि आएको हावाले जसरी माईलोसँगै राजतन्त्रकै अन्त्य भयो, त्यसरी नै कुनै दिन हामी बाहुन क्षेत्रीहरुको पनि … नहोला भन्न सकिन्न । तर, हामी बाहुनहरु देउताकै पालादेखि जालझेल गर्न, षडयन्त्र गर्न, जसरी हुन्छ, आफ्नो स्वार्थपूर्ति गर्न, अरुलाई लडाउन÷भिडाउन र त्यसबाट आफूले फाईदा लिन माहिर भएको त कसैबाट छिपेको छैन ! हाम्रो त्यही क्षमताले गर्दा नै २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा दोस्रो, तेस्रो, चौथो … स्थान ल्याएर पराजित भएका नेताहरु पछि त्यही संविधानसभामा अप्रत्यक्ष रुपमै भए पनि हावी हुन सके । हुन त पहिलो संविधानसभाको अन्त हुने दिन आउँदै गर्दा (२०६८÷०६९ तिर) हाम्रो टिङटिङे लास्टैसँग हल्लिएकै हो ! तापनि हामीले धैर्यताका साथ चाणक्य नीति लागू गरेर हाम्रो अस्तित्व जोगाउन र हाम्रो पल्ला भारी बनाउन सफल भएका थियौं ! त्यो बेला अन्तिम कोसिस गर्दै फिरिङ्गीहरुले पनि पर्वते, स्वाँठे, भुस तिघरेहरुको सक्दो कान फुक्नुका साथै हरियो डलरको खोलो नै बगाएका थिए । त्यसमाथि हाम्रै बाहुन कुलका कुलंघारहरु पनि झण्डैझण्डै हरियो डलरको लोभमा फस्न लागेका थिए ! तर, हामी फिरिङ्गीहरुभन्दा दुई फुक्का बढी फुक्का थियौं/हौं ! भन्नेचाहिँ विश्वकै चलाख जन्तु पो हौं त ! भन्ने स्वयम फिरिङ्गीहरुले पनि अत्तोपत्तो पाएनन् ! त्यसो त फिरिङ्गीहरु कान फुक्का मात्रै न परे ! हामी बाहुनहरु त मन्त्र फुक्का, ढुङग्रो फुक्का र कान फुक्का गरी तीनफुक्का पर्यौं । अनि नाथे फिरिङ्गीरुहले हामी (बाहुन) लाई सक्छन् ? कि कसो हौ कमरेडहरु ?  [email protected]

Published On:  335पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार