काठमाडौं । मनकुमार राई ‘कुल्फीवाला’ र विल्सनबिक्रम राई ‘तक्मेबुढा’ भिषणमुकारुङ राईको गीत ‘खुर्सानी डल्ले’मा छमछमी नाँचेका छन् । सामाजिक सञ्जालमा कुल्फीवाला उपनामले चर्चित मनकुमारले ‘आयो कुल्फी आयो’ गीतमा मोडलिङ गरेपछि पछिल्लो समय म्युजिक भिडियोमा अभिनय गर्न थालेका हुन् ।
गायक तथा संगीतकार भिषणमुकारुङको आवाजमा रहेको ‘खुर्सानी डल्ले’ गीतको म्युजिक भिडियोमा विल्सनबिक्रम ‘तक्मेबुढा’, सुरवीर पण्डित ‘दारीबा’, अरुणा कार्की, रामचन्द्र अधिकारी ‘गोक्ते काजी’, रेखा लिम्बु, मनकुमार राई ‘कुल्फीवाला’ लगायतले अभिनय गरेका छन् । पुर्वेली लोकभाकामा गाइएको गीतको म्युजिक भिडियो फर्पिङमा सुटिङ गरिएको हो ।
पछिल्लो समय पूर्वेली भाकामा छायाङकन गरिएको गीतको म्युजिक भिडियो सबैले मन पराउने गायक तथा संगीतकार मुकारुङले बताए । सामाजिक सञ्जालमा भाइरल भएका दुई व्यक्ति तक्मेबुढा र कुल्फीवाला छमछमी नाँचेकाले पनि गीत सबैले मन पराउने गायकको भनाई छ ।
काठमाडौंको बौद्ध, नयाँबस्ती, जोरपाटीको चोक र गल्ली गल्लीमा ‘आयो कुल्फी आयो’ भन्दै गर्मीमा कुल्फी र जाडो महिनामा बदाम बेच्दै आएका मनकुमार सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि पछिल्लो समय म्युजिक भिडियोमा ‘कुल्फीडान्स’ नाँच्दै आएका छन् । उनले ब्ल्याकहर्स सुजको विज्ञापनमा समेत अभिनय गर्ने अवसर पाएका छन् ।
कुल्फीवाला र तक्मेबुढा ‘खुर्सानी डल्ले’मा छमछमी नाँचे
2k
Shares