सोलुखुम्बु । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ जिल्ला कार्य समिति सोलुखुम्बुले हरितालिका तीजको उपलक्ष्यमा नृत्य प्रतियोगीता गर्ने भएको छ । हिन्दू महिलाहरुको महान चाडको रुपमा मनाईदै आएको तीजमा मिहिला दिदीबहिनीहरुबीच नृत्य प्रतियोगीता आयोजना गर्न लागेको हो ।
तीजकै भाकामा गाइएको गीतमा प्रतिस्पर्धीले नृत्य प्रस्तुत गर्नुपर्नेछ । साथै तीज गीतलाई आफैले गाएर पनि नाँच्न सकिने नेपाल महिला संघ सोलुखुम्बुका अध्यक्ष छिण्डिल्हामु शेर्पाले बताए । भदौ २३ गते गरिने कार्यक्रममा तीजको दर समेत खुवाईने अध्यक्ष शेर्पाले बताए । कार्यक्रम थुलुङ दुधकोशी गाउँपालिकास्थित जिवनज्योति माध्यमिक विद्यालय नेलेमा गरिने भएको हो ।
नृत्यमा सहभागी प्रतियोगीहरु समूहमा आउनु पर्ने नियम बनाइएको छ । कम्तिमा ४ र बढिमा ८ जनासम्म हुनुपर्नेछ । संगीनीमा आधारित नृत्यलाई विशेष प्राथमिकतामा राखिने अध्यक्ष शेर्पाले बताए । प्रतियोगीतामा सहभागी हुने समूहले भदौ २० गतेसम्ममा दर्ता गरीसक्नु पर्ने प्रावधान रहेको छ । प्रतियोगीतामा पहिलो, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्ने समूहलाई नगद पुरस्कार प्रदान गरिने पनि शेर्पाले बताए ।
नेपाल महिला संघ सोलुले तीजमा नृत्य प्रतियोगीता गर्ने
161
Shares